अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वरा ग्वाटेमाला पराजित

१ असार । नोभेम्बरपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएका कप्तान लिओनल मेसी र लौटारो मार्टिनेजको शानदार प्रदर्शनमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ग्वाटेमालालाई पराजित गरेको छ।

शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ग्वाटेमालालाई ४–१ गोल अन्तरले पराजित गरेको हो। खेलको १२औँ र ७७औँ मिनेटमा मेसीले गोल गरे। मार्टिनेजले ३९औं र ६६औँ मिनेटमा गोल गरे। एक गोल उनले पेनाल्टीमार्फत गरेका थिए।

खेलको चौथो मिनेटमै लिसान्ड्रो मार्टिनेजको उपहार गोलमा शुरुआती अग्रता बनाएको ग्वाटेमालाले उक्त अग्रता जोगाउन सकेन। अर्जेन्टिनाले २१ जुनमा क्यानडाविरुद्ध खेल्दै कोपा अमेरिकाको सुरुआत गर्नेछ। २६ जुनमा चिल्लीसँग दोस्रो खेल खेल्नेछ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270