खेलकुद
झापामा खैरो हेरोइनसहित एक जना पक्राउ
११ बैशाख, झापा । लागुऔषध खैरो हेरोइनसहित झापामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खन्याबास गाउँपालिका–५ बस्ने २० वर्षीय विनोद तामाङ रहेका छन् । चेकजाँचका क्रममा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा उनको साथबाट प्रहरीले ४३.१५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृषणकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै उनको साथबाट मोवाइल थान १ र नगद रु एक हजार एक सय रूपैयाँ..
इन्टर मिलानले जित्यो सिरी ए को उपाधि
११ बैशाख । इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी ए को उपाधि जितेको छ । चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २–१ ले पराजित गर्दै इन्टर २०औं पटक लिग च्याम्पियन बनेको हो । सर्वाधिक लिग जित्नेमा इन्टर दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक लिग जितेको छ । एसी मिलानले १९ पटक लिग जितेको छ । एसी मिलान विरूद्धको जितपछि इन्टरको ३३ खेलबाट ८६ अंक भएको छ । समान खेलबाट..
मेस्सीको दुई गोलमा इन्टर मियामी विजयी
९ बैशाख । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेस्सीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए । त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए । यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अंक भएको छ र शिर्ष..
टंक राई स्मृति भेट्रान कपः इलाम, बिराटनगर र झिलझिले दोस्रो चरणमा
९ बैशाख, झापा । झापाको कमलमा जारी छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ को शनिबारको दुई खेलबाट क्रमशः इलाम भेट्रान र युनाइटेड भेट्रान बिराटनगर विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन् । धनकुटा भेट्रानले दोस्रो हाफको १९ औँ मिनेटमा हेड मार्फत गोल गर्दै अग्रता लिएको थियो । धनकुटाका लागि जर्सी नम्बर ११ का युवराज श्रेष्ठले दोस्रो हाफको २२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका..
चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा
९ बैशाख । चेल्सीमाथि कठिन जित हासिल गर्दै साविक विजेता म्यान्चेस्टर सिटी एफए कपको उपाधिनजिक पुगेको छ। वेम्बलीमा शनिबार राति सम्पन्न खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा बर्नार्ड सिल्भाले गरेको गोल नै निर्णायक रह्यो। उनले खेलको ८४औँ मिनेटमा गोल गरेका थिए। अब सिटीले उपाधिका लागि म्यान्चेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीच को विजेतासँग खेल्ने छ। यी दुई टोलीको खेल आइतबार हुने छ।
आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा
९ बैशाख । उल्भ्सलाई पराजित गर्दै आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ। मोलिनक्स स्टेडियममा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली आर्सनलले उल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै ३३ खेल खेलेको आर्सनलले ७४ अंक जोडेको छ। एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको सिटीको ७३ र तेस्रोमा रहेको लिभरपुलको ७१ अंक रहेको छ। आर्सनलको जितमा लिओन्ड्रो ट्रोसार्ड र मार्टिन ओडगार्डले गोल गरे। पहिलो हाफको अन्त्यतिर ग्रेब्रियल..
नेपाललाई पराजित गर्दै हङकङ एसीसी इमर्जिङ टिम्स एशिया कपमा
९ बैशाख । नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ। शनिबार सम्पन्न खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो। योसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ। नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्यो। हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।..
नेपाली ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने
८ बैशाख । नेपाली खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् । राष्ट्रिय महिला क्रिकेट टीमका कप्तान इन्दु बर्मासहित ६ जनाले मलेसिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने मलेसिया सुपर वुमन्स कप खेल्ने भएका हुन् । बर्मासहित रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्न लागेका हुन् । मलेसिया सुपर वुमन्स कप अप्रिल २४ देखि मे ५ सम्म मलेसियामा हुनेछ ।
नेपालले आज इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्दै
८ वैशाख । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल सवा ४ बजे सुरु हुनेछ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न लागेको हो । पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ । घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै..
अल नासारको सहज जित
८ बैशाख । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उपस्थितिबिनै अल नासारले साउदी प्रो लिगमा अल फेहामाथि सहज जित हासिल गरेको छ। अल–अवल पार्कमा शुक्रबार राति भएको खेलमा नासारले पाहुना टोली फेहालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलको छैटौँ मिनेटमै फेसन सकलाको गोलमार्फत फेहाले शुरूआती अग्रता बनाएको थियो। उनले एन्थोनी नाडुजोर न्वाकेमेको पासमा गोल गरे। ४२औँ मिनेटमा मानेले पेनाल्टी मिस गर्दा नासार खेलमा फर्किन सकेन। ७२औँ मिनेटमा अब्दुल्लाह अल आमरीले गोल..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७