चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

९ बैशाख । चेल्सीमाथि कठिन जित हासिल गर्दै साविक विजेता म्यान्चेस्टर सिटी एफए कपको उपाधिनजिक पुगेको छ। वेम्बलीमा शनिबार राति सम्पन्न खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा बर्नार्ड सिल्भाले गरेको गोल नै निर्णायक रह्यो। उनले खेलको ८४औँ मिनेटमा गोल गरेका थिए। अब सिटीले उपाधिका लागि म्यान्चेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीच को विजेतासँग खेल्ने छ। यी दुई टोलीको खेल आइतबार हुने छ।

आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

९ बैशाख । उल्भ्सलाई पराजित गर्दै आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ। मोलिनक्स स्टेडियममा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली आर्सनलले उल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै ३३ खेल खेलेको आर्सनलले ७४ अंक जोडेको छ। एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको सिटीको ७३ र तेस्रोमा रहेको लिभरपुलको ७१ अंक रहेको छ। आर्सनलको जितमा लिओन्ड्रो ट्रोसार्ड र मार्टिन ओडगार्डले गोल गरे। पहिलो हाफको अन्त्यतिर ग्रेब्रियल..

नेपाललाई पराजित गर्दै हङकङ एसीसी इमर्जिङ टिम्स एशिया कपमा

९ बैशाख । नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ। शनिबार सम्पन्न खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो। योसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ। नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।..

नेपाली ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने

८ बैशाख । नेपाली खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् । राष्ट्रिय महिला क्रिकेट टीमका कप्तान इन्दु बर्मासहित ६ जनाले मलेसिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने मलेसिया सुपर वुमन्स कप खेल्ने भएका हुन् । बर्मासहित रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्न लागेका हुन् । मलेसिया सुपर वुमन्स कप अप्रिल २४ देखि मे ५ सम्म मलेसियामा हुनेछ ।

नेपालले आज इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्दै

८ वैशाख । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल सवा ४ बजे सुरु हुनेछ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न लागेको हो । पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ । घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै..

अल नासारको सहज जित

८ बैशाख । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उपस्थितिबिनै अल नासारले साउदी प्रो लिगमा अल फेहामाथि सहज जित हासिल गरेको छ। अल–अवल पार्कमा शुक्रबार राति भएको खेलमा नासारले पाहुना टोली फेहालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलको छैटौँ मिनेटमै फेसन सकलाको गोलमार्फत फेहाले शुरूआती अग्रता बनाएको थियो। उनले एन्थोनी नाडुजोर न्वाकेमेको पासमा गोल गरे। ४२औँ मिनेटमा मानेले पेनाल्टी मिस गर्दा नासार खेलमा फर्किन सकेन। ७२औँ मिनेटमा अब्दुल्लाह अल आमरीले गोल..

एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त

७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो। नेपालका..

एसीसी प्रिमियर कप- नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

७ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराको अर्धशतक बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

रोमा युरोपा लिगको सेमिफाइनलमा

७ वैशाख ।  १० खेलाडीमा समेटिएको इटालियन सिरि ए क्लब रोमा युरोपा लिगको सेमिफाइनलमा पुगेको छ। अर्को इटालियन सिरि ए क्लब एसी मिलानलाई समग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै रोमा अन्तिम चारमा पुगेको हो। कार्टरफाइनलको पहिलो लेगमा दुवै टोली १-१ गोलको बराबरीमा रोकिएको थियो। तर, बिहीबार राति सम्पन्न खेलमा ओलम्पिक स्टेडियममा सम्पन्न दोस्रो लेगमा २-१ जित हासिल गर्दै घरेलु टोली रोमा अन्तिम चारमा पुगेको हो। खेलको १२औँ मिनेटमा जियानलुका मैनसिनीको गोलमा..

जर्मन च्याम्पियन लेभरकुसेन युरोपा लिगको सेमिफाइनलमा

७ वैशाख । जर्मन च्याम्पियन लेभरकुसेन युरोपा लिगको सेमिफाइनलमा पुगेको छ। इङ्लिस क्लब वेस्ट ह्याम युनाइटेडलाई समग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै लेभरकुसेन अन्तिम चारमा पुगेको हो। घरेलु मैदानमा भएको कार्टरफाइनलको पहिलो लेगमा लेभरकुसेन २-० ले विजयी भएको थियो। लन्डन स्टेडियममा बुधबार सम्पन्न दोस्रो लेगमा वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा रोक्दै लेभरकुसेन सेमिफाइनलमा पुगेको हो। खेलको १३औँ मिनेटमा वेस्ट ह्यामका माइकल एन्टोनियोले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। उनले जारोड बोवेनको..