चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

९ बैशाख । चेल्सीमाथि कठिन जित हासिल गर्दै साविक विजेता म्यान्चेस्टर सिटी एफए कपको उपाधिनजिक पुगेको छ।

वेम्बलीमा शनिबार राति सम्पन्न खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा बर्नार्ड सिल्भाले गरेको गोल नै निर्णायक रह्यो।

उनले खेलको ८४औँ मिनेटमा गोल गरेका थिए। अब सिटीले उपाधिका लागि म्यान्चेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीच को विजेतासँग खेल्ने छ। यी दुई टोलीको खेल आइतबार हुने छ।

प्रतिक्रिया:

सम्बन्धित खवर