झापामा खैरो हेरोइनसहित एक जना पक्राउ

झापामा खैरो हेरोइनसहित एक जना पक्राउ


११ बैशाख, झापा । लागुऔषध खैरो हेरोइनसहित झापामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको खन्याबास गाउँपालिका–५ बस्ने २० वर्षीय विनोद तामाङ रहेका छन् ।

चेकजाँचका क्रममा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा उनको साथबाट प्रहरीले ४३.१५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृषणकुमार चन्दले जानकारी दिनुभयो ।

त्यस्तै उनको साथबाट मोवाइल थान १ र नगद रु एक हजार एक सय रूपैयाँ समेत फेला पारेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धन भईरहेको प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर