टंक राई स्मृति भेट्रान कपः इलाम, बिराटनगर र झिलझिले दोस्रो चरणमा

टंक राई स्मृति भेट्रान कपः इलाम, बिराटनगर र झिलझिले दोस्रो चरणमा

९ बैशाख, झापा । झापाको कमलमा जारी छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ को शनिबारको दुई खेलबाट क्रमशः इलाम भेट्रान र युनाइटेड भेट्रान बिराटनगर विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन् ।

धनकुटा भेट्रानले दोस्रो हाफको १९ औँ मिनेटमा हेड मार्फत गोल गर्दै अग्रता लिएको थियो । धनकुटाका लागि जर्सी नम्बर ११ का युवराज श्रेष्ठले दोस्रो हाफको २२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

दुबै टिमले निर्धारित समयमा एक–एकको बराबरी खेलेपछि निर्णयको लागि खेल टाई ब्रेकरमा पुगेको थियो । टाई ब्रेकरमा इलाम ४–३ ले विजयी भयो ।

त्यसअघि शनिबार नै सम्पन्न पहिलो खेलमा धुलाबारी भेट्रानलाई सडन डेथमा ४–३ ले पराजित गर्दै युनाइटेड भेट्रान बिराटनगर विजयी भएको थियो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।

शुक्रबारको उद्घाटन खेलबाट काँकडभिट्टा भेट्रानलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले स्तव्ध पार्दै झिलझिले भेट्रान दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

यससँगै छैटौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगितामा तीन वटा टिमले दोस्रो चरणको यात्रा पक्का गरेका हुन् ।

बैशाख ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पूर्वी जिल्लाका १८ टिम सहभागी छन् ।

कमल ५ स्थित गुह्येश्वरी आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ५५ हजार ५ सय ५५ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगितामा विभिन्न विधागत पुरस्कार र प्रत्येक खेलमा प्लेयर आफ दी म्याचका रूपमा पुरस्कृत गरिने बताइएको छ ।

करिब ८ लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि प्रथम पुरस्कारको नगद राशी स्व. मेजर टङ्क राईको परिवारले प्रायोजन गरेको हो भने दोस्रो पुरस्कारको नगद राशी दमक लखनपुर भेट्रान क्लबका कप्तान अजिन तुम्बापोले आफ्नो बाबुआमा (वीर–दिल तुम्बापो) को नाममा प्रायोजन गरेका हुन् ।

प्रतियोगितालाई टुबोर्ग बियरलगायत दाताहरुले सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270