एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त

७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो। नेपालका..

एसीसी प्रिमियर कप- नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

७ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराको अर्धशतक बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

रोमा युरोपा लिगको सेमिफाइनलमा

७ वैशाख ।  १० खेलाडीमा समेटिएको इटालियन सिरि ए क्लब रोमा युरोपा लिगको सेमिफाइनलमा पुगेको छ। अर्को इटालियन सिरि ए क्लब एसी मिलानलाई समग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै रोमा अन्तिम चारमा पुगेको हो। कार्टरफाइनलको पहिलो लेगमा दुवै टोली १-१ गोलको बराबरीमा रोकिएको थियो। तर, बिहीबार राति सम्पन्न खेलमा ओलम्पिक स्टेडियममा सम्पन्न दोस्रो लेगमा २-१ जित हासिल गर्दै घरेलु टोली रोमा अन्तिम चारमा पुगेको हो। खेलको १२औँ मिनेटमा जियानलुका मैनसिनीको गोलमा..

जर्मन च्याम्पियन लेभरकुसेन युरोपा लिगको सेमिफाइनलमा

७ वैशाख । जर्मन च्याम्पियन लेभरकुसेन युरोपा लिगको सेमिफाइनलमा पुगेको छ। इङ्लिस क्लब वेस्ट ह्याम युनाइटेडलाई समग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै लेभरकुसेन अन्तिम चारमा पुगेको हो। घरेलु मैदानमा भएको कार्टरफाइनलको पहिलो लेगमा लेभरकुसेन २-० ले विजयी भएको थियो। लन्डन स्टेडियममा बुधबार सम्पन्न दोस्रो लेगमा वेस्ट ह्यामलाई १-१ गोलको बराबरीमा रोक्दै लेभरकुसेन सेमिफाइनलमा पुगेको हो। खेलको १३औँ मिनेटमा वेस्ट ह्यामका माइकल एन्टोनियोले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। उनले जारोड बोवेनको..

लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरियो

७ वैशाख । इङ्लिस क्लब लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। गविस स्टेडियममा बिहीबार राति सम्पन्न दोस्रो लेगमा घरेलु टोली एटलान्टालाई १-० गोल अन्तरले पराजित गरेपनि लिभरपुल समग्रमा ३-१ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरिएको हो। पहिलो लेगमा लिभरपुल घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित भएको थियो। बिहीबार सम्पन्न खेलमा लिभरपुलका लागि एकमात्रै गोल मोहम्मद सलाहले गरे। उनले खेलको सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

एन्फा उपाध्यक्ष दावा लामा छुटे

६ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वाेच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वाेच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको..

आर्सनललाई पराजित गर्दै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा

६ बैशाख । आर्सनललाई पराजित गर्दै बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। एलियान्ज एरिनामा बुधबार राति सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा पाहुना टोली आर्सनलाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न अन्तिम चारमा प्रवेश गरेको हो। बायर्नको जितमा जोशुआ किमिचले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ६३औँ मिनेटमा राफेल गुरेरियाको पासमा गोल गरेका थिए। समग्रमा आसर्नलमाथि बायर्नले ३–२ गोल अन्तरको जित हासिल गर्‍यो। पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको..

रोनाल्डोले जिते युभेन्ट्ससँगको पारिश्रमिकसम्बन्धी कानूनी लडाइँ

६ बैशाख । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युभेन्ट्ससँगको पारिश्रमिकसम्बन्धी कानूनी लडाइँ जितेका छन्। स्पोट्र्स इटालियाका टान्क्रेडी पाल्मेरीलगायत विभिन्न पत्रकारले युभेन्ट्सले पूर्वखेलाडी रोनाल्डोसँग मध्यस्थताको मुद्दा हारेको जानकारी दिएका हुन्। साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले कोभिड–१९ महामारीका बेला तलब नपाएको भन्दै युभेन्ट्सविरुद्ध मुद्दा दायर गरेका थिए। पाँच पटकका बालोन डीुओर विजेता रोनाल्डोले लकडाउनको समयमा आफ्नो पारिश्रमिक कटौतीमा सहमति जनाएका थिए। तर, प्रतिज्ञा गरेअनुसार आफूलाई क्बलले १७ मिलियन पाउन्ड..

सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

६ बैशाख । साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न खेलमा घरेलु टोली सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै स्पेनिस क्लब रियल अन्तिम चारमा पुगेको हो। रियलको मैदानमा भएको पहिलो लेग ३–३ गोलको बराबरीमा टुंगिएको थियो। दोस्रो लेग पनि १–१ गोलको बराबरीमा सकियो। त्यसपछि थप गरिएको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल समग्रमा ४–४..

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

५ वैशाख । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट..