खेलकुद

लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरियो
७ वैशाख । इङ्लिस क्लब लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। गविस स्टेडियममा बिहीबार राति सम्पन्न दोस्रो लेगमा घरेलु टोली एटलान्टालाई १-० गोल अन्तरले पराजित गरेपनि लिभरपुल समग्रमा ३-१ को नतिजा सुम्पिँदै प्रतियोगिताबाट बाहिरिएको हो। पहिलो लेगमा लिभरपुल घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित भएको थियो। बिहीबार सम्पन्न खेलमा लिभरपुलका लागि एकमात्रै गोल मोहम्मद सलाहले गरे। उनले खेलको सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

एन्फा उपाध्यक्ष दावा लामा छुटे
६ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वाेच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वाेच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको..

आर्सनललाई पराजित गर्दै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा
६ बैशाख । आर्सनललाई पराजित गर्दै बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। एलियान्ज एरिनामा बुधबार राति सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा पाहुना टोली आर्सनलाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न अन्तिम चारमा प्रवेश गरेको हो। बायर्नको जितमा जोशुआ किमिचले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ६३औँ मिनेटमा राफेल गुरेरियाको पासमा गोल गरेका थिए। समग्रमा आसर्नलमाथि बायर्नले ३–२ गोल अन्तरको जित हासिल गर्यो। पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको..

रोनाल्डोले जिते युभेन्ट्ससँगको पारिश्रमिकसम्बन्धी कानूनी लडाइँ
६ बैशाख । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युभेन्ट्ससँगको पारिश्रमिकसम्बन्धी कानूनी लडाइँ जितेका छन्। स्पोट्र्स इटालियाका टान्क्रेडी पाल्मेरीलगायत विभिन्न पत्रकारले युभेन्ट्सले पूर्वखेलाडी रोनाल्डोसँग मध्यस्थताको मुद्दा हारेको जानकारी दिएका हुन्। साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले कोभिड–१९ महामारीका बेला तलब नपाएको भन्दै युभेन्ट्सविरुद्ध मुद्दा दायर गरेका थिए। पाँच पटकका बालोन डीुओर विजेता रोनाल्डोले लकडाउनको समयमा आफ्नो पारिश्रमिक कटौतीमा सहमति जनाएका थिए। तर, प्रतिज्ञा गरेअनुसार आफूलाई क्बलले १७ मिलियन पाउन्ड..

सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
६ बैशाख । साविक विजेता म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। इतिहाद स्टेडियममा बुधबार सम्पन्न खेलमा घरेलु टोली सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै स्पेनिस क्लब रियल अन्तिम चारमा पुगेको हो। रियलको मैदानमा भएको पहिलो लेग ३–३ गोलको बराबरीमा टुंगिएको थियो। दोस्रो लेग पनि १–१ गोलको बराबरीमा सकियो। त्यसपछि थप गरिएको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल समग्रमा ४–४..

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
५ वैशाख । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट..

खेलकुदमन्त्री श्रेष्ठले भने- खेलकुद र युवाहरूमा नयाँ युगको सुरुआत भयो
५ बैशाख । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरुमा नयाँ युगको सुरुआत भएको बताएका छन् ।मंगलबार काठमाडौंमा १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गरेको बताए । खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरू सुधार्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले तीन दशकदेखिका बेथितिहरूलाई सुधारेर सम्भावनाहरूलाई पनि खोज्नुपर्ने आवश्यकता रहेको औल्याए..

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।

दोस्रो लेगमा पुनरागमन गर्दै डर्टमन्ट च्याम्पियन्स लिगको सेमिफाइनलमा
५ बैशाख । दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध पुनरागमन गर्दै बोरुसिया डर्टमन्ट यूईएफए च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ। पहिलो लेगमा एट्लेटिकोसँग जर्मन क्लब डर्टमन्ट २–१ गोल अन्तरले पराजित भएको थियो। तर, सिग्नल इडुना पार्कमा मंगलबार राति सम्पन्न दोस्रो लेगमा पाहुना टोली एट्लेटिकोमाथि पुनरागमन गर्दै डर्टमन्टले ४–२ गोल अन्तरको जित हासिल गरेको हो। समग्रमा डर्टमन्टले एट्लेटिकोलाई ५–४ गोल अन्तरले पराजित गर्यो। डर्टमन्टको जितमा जुलियन ब्रान्ड, इयान माट्सेन, निकोलस फुलक्रग..

बार्सिलोनालाई पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा
५ बैशाख । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बााहिरिएको छ। मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पाहुना टोली पीएजीसँग ४–१ गोल अन्तरले पराजित हुँदै बार्सिलोना अन्तिम ८ बाटै बाहिरिएको हो। पहिलो लेगमा पीएसजी ३–२ गोल अन्तरले पराजित भएको थियो। समग्रमा बासिलोनामाथि पीएसजीले ६–४ गोल अन्तरको जितसहित अन्तिम चारमा स्थान बनायो। पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गर्दा ओसमान डेम्बेले र..