खेलकुद
वेस्टइन्डिज ‘ए’सँग नेपाल ७६ रनले पराजित
१९ बैशाख । नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २–१ को अग्रता लिएको छ । जोनसनको शतकमा २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए..
वेष्टइण्डिजले दियो नेपाललाई २२८ रनको लक्ष्य
१९ बैशाख । ओपनर जोनसन चाल्र्सको शतकमा वेष्टइण्डिजले तेस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो । जोनसन चाल्र्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका..
वेस्ट इन्डिज ‘ए’ सँग तेस्रो खेल खेल्दै नेपाल
१९ बैशाख । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत तेस्रो खेल आज खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजेबाट शुरू हुने छ। आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल १० रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा १–१ को बराबरी गरेको छ। वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो। त्यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई..
भिसा नआउँदा बेलायत जानबाट रोकियो नेपाली फुटबल टोली
१८ बैशाख । मैत्रिपूर्ण खेलका लागि इङल्याण्ड जान लागेका नेपाली फुटबल टिमका सदस्यको समयमा भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली खेलाडीहरु मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फर्क फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर भिसा नआएका कारण खेलाडी, प्रशिक्षक र अफिसियलहरु यही रोकिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए । नेपाली खेलाडीसहित ३५ जनाको टोलीको भिसा भारतस्थित..
एक वर्षमै लेस्टर प्रिमियर लिगमा बढुवा
१८ बैशाख । लेस्टर सिटी एक वर्षको अन्तरालमै इङ्लिस प्रिमियर लिगमा बढुवा भएको छ। प्रिमियर लिगको पूर्वच्याम्पियन लेस्टर जेमी भार्डीको दुई गोलको मद्दतमा प्रेस्टनलाई हराउँदै शीर्ष डिभिजनमा बढुवा भएको हो। योसँगै लेस्टरले एक खेल बाँकी छँदै च्याम्पियनसिपको उपाधि जितेको छ। दिपडेल स्टेडियममा सोमबार राति सम्पन्न खेलको ३६औँ मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई शुरूआती अग्रता दिलाएका थिए। ५२औँ मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरे। ६७औँ मिनेटमा क्यासी म्याकटरले गोल गर्दै..
इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
१७ बैशाख । इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ अझैपनि बाहिर नै रहेका छन् । नेपाली टोलीले मे ३ मा ब्रिटिश आर्मी टोली र..
प्रिमियर लिग- आर्सनलले बनायो सिटीसँग ४ अंकको अग्रता
१७ बैशाख । शीर्ष स्थानमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता लिएको छ। टोटनह्याम हटस्पर स्टेडियममा आइतबार राति सम्पन्न खेलमा घरेलु टोलीलाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनलले महत्त्वपूर्ण ३ अंक जोडेको हो। योसँगै ३५ खेल खेलेको आर्सनलको ८० अंक पुगेको। जुन २ खेल कम खेलेको सिटीको भन्दा ४ अंक बढी हो। शीर्ष दुईमा रहेको सिटीको ३३ खेलबाट ७६ अंक रहेको छ। पराजित टोटनह्याम ३३ खेलबाट..
प्रिमियर लिगमा सिटीको जित
१७ बैशाख । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई पराजित गरेको छ। सिटी ग्राउन्ड, नटिङ्घममा आइतबार राति सम्पन्न खेलमा सिटीले घरेलु टोलीलाई २–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी १ मा झारेको छ। ३४ खेल खेलेको सिटीको ७९ अंक रहेको छ। एक खेल बढी खेलेको आर्सनलको ८० अंक रहेको छ। समान खेल खेलेको नटिङ्घम २६ अंकसहित १७औँ स्थानमा छ।..
पीएसजीलाई १२औँ पटक लिग वानको उपाधि
१७ बैशाख । घरेलु टोली लियोनसँग मोनाको पराजित भएसँगै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जितेको छ। ग्रुपमा स्टेडियममा आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ गोल अन्तरले पराजित भएको हो। मोनाको पराजित भएसँगै पीएसजीले ३ खेलअगावै उपाधि जितेको हो। यो पीएसजीको १२औँ लिग वान उपाधि हो। ३१ खेल खेलेको पीएसजीको ७० अंक रहेको छ। जुन समान खेल खेलेको मोनाकोको भन्दा १२..
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित
१६ बैशाख । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट रहँदै ७१ रन बनाए । उनले ४८ बलमा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै गुल्सन झाले २६ रन तथा लोकेश..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७