खेलकुद

एक वर्षमै लेस्टर प्रिमियर लिगमा बढुवा
१८ बैशाख । लेस्टर सिटी एक वर्षको अन्तरालमै इङ्लिस प्रिमियर लिगमा बढुवा भएको छ। प्रिमियर लिगको पूर्वच्याम्पियन लेस्टर जेमी भार्डीको दुई गोलको मद्दतमा प्रेस्टनलाई हराउँदै शीर्ष डिभिजनमा बढुवा भएको हो। योसँगै लेस्टरले एक खेल बाँकी छँदै च्याम्पियनसिपको उपाधि जितेको छ। दिपडेल स्टेडियममा सोमबार राति सम्पन्न खेलको ३६औँ मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई शुरूआती अग्रता दिलाएका थिए। ५२औँ मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरे। ६७औँ मिनेटमा क्यासी म्याकटरले गोल गर्दै..

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
१७ बैशाख । इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ अझैपनि बाहिर नै रहेका छन् । नेपाली टोलीले मे ३ मा ब्रिटिश आर्मी टोली र..
Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

प्रिमियर लिग- आर्सनलले बनायो सिटीसँग ४ अंकको अग्रता
१७ बैशाख । शीर्ष स्थानमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग ४ अंकको अग्रता लिएको छ। टोटनह्याम हटस्पर स्टेडियममा आइतबार राति सम्पन्न खेलमा घरेलु टोलीलाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनलले महत्त्वपूर्ण ३ अंक जोडेको हो। योसँगै ३५ खेल खेलेको आर्सनलको ८० अंक पुगेको। जुन २ खेल कम खेलेको सिटीको भन्दा ४ अंक बढी हो। शीर्ष दुईमा रहेको सिटीको ३३ खेलबाट ७६ अंक रहेको छ। पराजित टोटनह्याम ३३ खेलबाट..

प्रिमियर लिगमा सिटीको जित
१७ बैशाख । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टलाई पराजित गरेको छ। सिटी ग्राउन्ड, नटिङ्घममा आइतबार राति सम्पन्न खेलमा सिटीले घरेलु टोलीलाई २–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी १ मा झारेको छ। ३४ खेल खेलेको सिटीको ७९ अंक रहेको छ। एक खेल बढी खेलेको आर्सनलको ८० अंक रहेको छ। समान खेल खेलेको नटिङ्घम २६ अंकसहित १७औँ स्थानमा छ।..

पीएसजीलाई १२औँ पटक लिग वानको उपाधि
१७ बैशाख । घरेलु टोली लियोनसँग मोनाको पराजित भएसँगै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि जितेको छ। ग्रुपमा स्टेडियममा आइतबार राति सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ गोल अन्तरले पराजित भएको हो। मोनाको पराजित भएसँगै पीएसजीले ३ खेलअगावै उपाधि जितेको हो। यो पीएसजीको १२औँ लिग वान उपाधि हो। ३१ खेल खेलेको पीएसजीको ७० अंक रहेको छ। जुन समान खेल खेलेको मोनाकोको भन्दा १२..

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित
१६ बैशाख । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट रहँदै ७१ रन बनाए । उनले ४८ बलमा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै गुल्सन झाले २६ रन तथा लोकेश..

वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १ सय ६१ रनको लक्ष्य
१६ बैशाख । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । गुडकेश मोटीले ३३ रन प्रहार गरे । त्यस्तै, कप्तान रोस्टन चेसले २३ रन तथा..

सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
१६ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो । सन्दीप पक्षका वकिलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

अमेरिकन लिगमा इन्टर मियामीको सहज जित
१६ बैशाख । इन्टर मियामीले अमेरिकन लिग सकरमा सहज जित हासिल गरेको छ। जिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा मियामीले घरेलु टोली न्यू इङ्ल्यान्ड रिभोलुसनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो मिनेटमै थोमस चान्कालेले गोल गर्दे घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए। उनले कार्लाेस गिलको पासमा गोल गरे। ३२औँ मिनेटमा मेसीले मियामीलाई खेलमा फर्काए। उनले रोबर्ट टेलरको पासमा गोल गरे। ६८औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई २–१ को अग्रता..

वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोली घोषणा
१३ बैशाख । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी–२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् । आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा तीव्र गतिका बलर कमलसिंह ऐरी भने टोलीमा पर्न सकेनन् । नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । नेपाल र..