नेपाली ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने

नेपाली ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने

८ बैशाख । नेपाली खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् ।

राष्ट्रिय महिला क्रिकेट टीमका कप्तान इन्दु बर्मासहित ६ जनाले मलेसिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने मलेसिया सुपर वुमन्स कप खेल्ने भएका हुन् ।

बर्मासहित रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्न लागेका हुन् ।

मलेसिया सुपर वुमन्स कप अप्रिल २४ देखि मे ५ सम्म मलेसियामा हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर