खेलकुद
वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १ सय ६१ रनको लक्ष्य
१६ बैशाख । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । गुडकेश मोटीले ३३ रन प्रहार गरे । त्यस्तै, कप्तान रोस्टन चेसले २३ रन तथा..
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
१६ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो । सन्दीप पक्षका वकिलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।
अमेरिकन लिगमा इन्टर मियामीको सहज जित
१६ बैशाख । इन्टर मियामीले अमेरिकन लिग सकरमा सहज जित हासिल गरेको छ। जिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा मियामीले घरेलु टोली न्यू इङ्ल्यान्ड रिभोलुसनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो मिनेटमै थोमस चान्कालेले गोल गर्दे घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएका थिए। उनले कार्लाेस गिलको पासमा गोल गरे। ३२औँ मिनेटमा मेसीले मियामीलाई खेलमा फर्काए। उनले रोबर्ट टेलरको पासमा गोल गरे। ६८औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई २–१ को अग्रता..
वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोली घोषणा
१३ बैशाख । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी–२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् । आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा तीव्र गतिका बलर कमलसिंह ऐरी भने टोलीमा पर्न सकेनन् । नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । नेपाल र..
म्यानचेस्टर युनेइटेडसँग शेफिल्ड युनाइटेड पराजित
१३ बैशाख । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। ओल्ड ट्राफोर्डमा बुधबार राति सम्पन्न खेलमा युनाइटेडले शेफिल्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा ब्रुनोले दुई गोल र एक असिस्ट गरे। ३५औँ मिनेटमा जयडेन बोगलेले गोल गर्दै शेफिल्डलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ४२औँ मिनेटमा ह्यारी मग्वायरले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले अलेजान्ड्रो गार्नाचोको पासमा गोल गरे। ५०औँ मिनेटमा बेन ओसबोर्नको पासमा..
कोपा इटालियाको उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने
१३ बैशाख । कोपा इटालियाको उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने भएका छन्। गेविस स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई ४-१ गोल अन्तरले पराजित गर्दै एटलान्टा उपाधिनजिक पुगेको हो। पहिलो लेगमा फियोरेन्टिना १-० ले विजयी भएको थियो। उपाधिनजिक पुगेको एटलान्टाले समग्रमा ४-२ गोल अन्तरको जित हासिल गर्यो। लाजियोलाई ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स फाइनल पुगिसकेको छ। अब यी दुई टोलीले उपाधिका लागि मे १६ मा खेल्ने छन्। खेलको..
लिभरपुल एभर्टनसँग पराजित
१३ बैशाख । उपाधि दौडमा रहेको लिभरपुल इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग पराजित भएको छ। गुडिसन पार्कमा बुधबार राति सम्पन्न खेलमा लिभरपुल घरेलु टोली एभर्टनसँग २–० गोल अन्तरले पराजित भएको हो। खेलको २७औँ मिनेटमा जाराड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई शुरूआती अग्रता दिलाएका थिए। ५८औँ मिनेटमा डोभिनिक क्याल्भर्ट लेविनले गोल गर्दै खेल २–० मा पुर्याए। त्यसपछि लिभरपुल खेलमा फर्किन सकेन र आर्सनललाई उछिन्दै शीर्ष स्थानमा पुग्ने अवसर पनि गुमायो। जितसँगै १६औँ स्थानमा..
नेपाल आइपुग्यो वेष्टइण्डिज क्रिकेट टिम
१२ वैशाख । वेष्टइण्डिज ए र एसोसिएट टोली नेपालबीच पाँच टी–२० सिरिज शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । इण्डियन प्रिमियर लिग (आईपीएल) नखेलेका लगभग सबै प्रमुख खेलाडीलाई वेष्टइण्डिज ए ले आफ्नो टोलीमा समेटेको छ । नेपाल आएका शीर्षक्रमका ब्याटर जोनसज चाल्र्स, तीव्र गतिका बलर ओबेद म्याककोय, किमो पल, ओसान थोमस, स्पिन अलराउण्डर रोस्टन चेस, गुडाकेश मोती, हेडन वाल्स र फबियन एलेनले निरन्तर वेष्टइण्डिजबाट खेल्दै आएका छन् । त्यस्तै..
काई चम्किँदा आर्सनलको शानदार जित
१२ बैशाख । काई हावट्र्जले आफ्नै पूर्वक्लब चेल्सीमाथि दुई गोल गरेसँगै शीर्ष स्थानमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा शानदार जित हासिल गरेको छ। एमिरेट्स स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा आर्सनलले पाहुना टोली चेल्सीलाई ५–० गोलले पराजित गरेको हो। आर्सनलको जितमा काई हावट्र्ज र बेन ह्वाइटले २,२ गोल गरे। एक गोल लिओन्ड्र ट्रोसार्डको नाममा रह्यो। जितसँगै आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ। एक खेल कम खेलेको लिभरपुल ७४ अंकसहित दोस्रो..
युभेन्ट्स कोपा इटालियाको फाइनलमा
१२ बैशाख । लाजियोसँग पराजित हुँदै युभेन्ट्स कोपा इटालियाको उपाधिनजिक पुगेको छ। स्टेडियो ओलिम्पिकोमा बुधबार राति सम्पन्न दोस्रो लेगमा लाजियोले पाहुना टोली युभेन्ट्सले २–१ गोल अन्तरले पराजित गरेको हो। तर, युभेन्ट्सलाई फाइनल पुग्न पहिलो लेगको नतिजा फलदायी बन्यो। पहिलो लेगमा युभेन्ट्स २–० गोल अन्तरले विजयी भएको थियो। फाइनल प्रवेश गरेको युभेन्ट्सले समग्रमा ३–२ गोल अन्तरको रोमाञ्चक जित हासिल गर्यो। खेलको १२औँ मिनेटमा भ्यालेन्टिन कास्टेलानोसले गोल गर्दै लाजियोलाई अग्रता दिलाए। उनले..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७