म्यानचेस्टर युनेइटेडसँग शेफिल्ड युनाइटेड पराजित

१३ बैशाख । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। ओल्ड ट्राफोर्डमा बुधबार राति सम्पन्न खेलमा युनाइटेडले शेफिल्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा ब्रुनोले दुई गोल र एक असिस्ट गरे। ३५औँ मिनेटमा जयडेन बोगलेले गोल गर्दै शेफिल्डलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ४२औँ मिनेटमा ह्यारी मग्वायरले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले अलेजान्ड्रो गार्नाचोको पासमा गोल गरे। ५०औँ मिनेटमा बेन ओसबोर्नको पासमा..

कोपा इटालियाको उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने

१३ बैशाख । कोपा इटालियाको उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने भएका छन्। गेविस स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई ४-१ गोल अन्तरले पराजित गर्दै एटलान्टा उपाधिनजिक पुगेको हो। पहिलो लेगमा फियोरेन्टिना १-० ले विजयी भएको थियो। उपाधिनजिक पुगेको एटलान्टाले समग्रमा ४-२ गोल अन्तरको जित हासिल गर्‍यो। लाजियोलाई ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स फाइनल पुगिसकेको छ। अब यी दुई टोलीले उपाधिका लागि मे १६ मा खेल्ने छन्। खेलको..

लिभरपुल एभर्टनसँग पराजित

१३ बैशाख । उपाधि दौडमा रहेको लिभरपुल इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग पराजित भएको छ। गुडिसन पार्कमा बुधबार राति सम्पन्न खेलमा लिभरपुल घरेलु टोली एभर्टनसँग २–० गोल अन्तरले पराजित भएको हो। खेलको २७औँ मिनेटमा जाराड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई शुरूआती अग्रता दिलाएका थिए। ५८औँ मिनेटमा डोभिनिक क्याल्भर्ट लेविनले गोल गर्दै खेल २–० मा पुर्‍याए। त्यसपछि लिभरपुल खेलमा फर्किन सकेन र आर्सनललाई उछिन्दै शीर्ष स्थानमा पुग्ने अवसर पनि गुमायो। जितसँगै १६औँ स्थानमा..

नेपाल आइपुग्यो वेष्टइण्डिज क्रिकेट टिम

१२ वैशाख । वेष्टइण्डिज ए र एसोसिएट टोली नेपालबीच पाँच टी–२० सिरिज शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । इण्डियन प्रिमियर लिग (आईपीएल) नखेलेका लगभग सबै प्रमुख खेलाडीलाई वेष्टइण्डिज ए ले आफ्नो टोलीमा समेटेको छ । नेपाल आएका शीर्षक्रमका ब्याटर जोनसज चाल्र्स, तीव्र गतिका बलर ओबेद म्याककोय, किमो पल, ओसान थोमस, स्पिन अलराउण्डर रोस्टन चेस, गुडाकेश मोती, हेडन वाल्स र फबियन एलेनले निरन्तर वेष्टइण्डिजबाट खेल्दै आएका छन् । त्यस्तै..

काई चम्किँदा आर्सनलको शानदार जित

१२ बैशाख । काई हावट्र्जले आफ्नै पूर्वक्लब चेल्सीमाथि दुई गोल गरेसँगै शीर्ष स्थानमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा शानदार जित हासिल गरेको छ। एमिरेट्स स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा आर्सनलले पाहुना टोली चेल्सीलाई ५–० गोलले पराजित गरेको हो। आर्सनलको जितमा काई हावट्र्ज र बेन ह्वाइटले २,२ गोल गरे। एक गोल लिओन्ड्र ट्रोसार्डको नाममा रह्यो। जितसँगै आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ। एक खेल कम खेलेको लिभरपुल ७४ अंकसहित दोस्रो..

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

१२ बैशाख । लाजियोसँग पराजित हुँदै युभेन्ट्स कोपा इटालियाको उपाधिनजिक पुगेको छ। स्टेडियो ओलिम्पिकोमा बुधबार राति सम्पन्न दोस्रो लेगमा लाजियोले पाहुना टोली युभेन्ट्सले २–१ गोल अन्तरले पराजित गरेको हो। तर, युभेन्ट्सलाई फाइनल पुग्न पहिलो लेगको नतिजा फलदायी बन्यो। पहिलो लेगमा युभेन्ट्स २–० गोल अन्तरले विजयी भएको थियो। फाइनल प्रवेश गरेको युभेन्ट्सले समग्रमा ३–२ गोल अन्तरको रोमाञ्चक जित हासिल गर्‍यो। खेलको १२औँ मिनेटमा भ्यालेन्टिन कास्टेलानोसले गोल गर्दै लाजियोलाई अग्रता दिलाए। उनले..

झापामा खैरो हेरोइनसहित एक जना पक्राउ

११ बैशाख, झापा । लागुऔषध खैरो हेरोइनसहित झापामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खन्याबास गाउँपालिका–५ बस्ने २० वर्षीय विनोद तामाङ रहेका छन् । चेकजाँचका क्रममा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा उनको साथबाट प्रहरीले ४३.१५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृषणकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै उनको साथबाट मोवाइल थान १ र नगद रु एक हजार एक सय रूपैयाँ..

इन्टर मिलानले जित्यो सिरी ए को उपाधि

११ बैशाख । इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी ए को उपाधि जितेको छ । चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २–१ ले पराजित गर्दै इन्टर २०औं पटक लिग च्याम्पियन बनेको हो । सर्वाधिक लिग जित्नेमा इन्टर दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक लिग जितेको छ । एसी मिलानले १९ पटक लिग जितेको छ । एसी मिलान विरूद्धको जितपछि इन्टरको ३३ खेलबाट ८६ अंक भएको छ । समान खेलबाट..

मेस्सीको दुई गोलमा इन्टर मियामी विजयी

९ बैशाख । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेस्सीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए । त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए । यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अंक भएको छ र शिर्ष..

टंक राई स्मृति भेट्रान कपः इलाम, बिराटनगर र झिलझिले दोस्रो चरणमा

९ बैशाख, झापा । झापाको कमलमा जारी छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ को शनिबारको दुई खेलबाट क्रमशः इलाम भेट्रान र युनाइटेड भेट्रान बिराटनगर विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन् । धनकुटा भेट्रानले दोस्रो हाफको १९ औँ मिनेटमा हेड मार्फत गोल गर्दै अग्रता लिएको थियो । धनकुटाका लागि जर्सी नम्बर ११ का युवराज श्रेष्ठले दोस्रो हाफको २२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका..