खेलकुद
खेलकुदमन्त्री श्रेष्ठले भने- खेलकुद र युवाहरूमा नयाँ युगको सुरुआत भयो
५ बैशाख । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरुमा नयाँ युगको सुरुआत भएको बताएका छन् ।मंगलबार काठमाडौंमा १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गरेको बताए । खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरू सुधार्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले तीन दशकदेखिका बेथितिहरूलाई सुधारेर सम्भावनाहरूलाई पनि खोज्नुपर्ने आवश्यकता रहेको औल्याए..
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।
दोस्रो लेगमा पुनरागमन गर्दै डर्टमन्ट च्याम्पियन्स लिगको सेमिफाइनलमा
५ बैशाख । दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध पुनरागमन गर्दै बोरुसिया डर्टमन्ट यूईएफए च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ। पहिलो लेगमा एट्लेटिकोसँग जर्मन क्लब डर्टमन्ट २–१ गोल अन्तरले पराजित भएको थियो। तर, सिग्नल इडुना पार्कमा मंगलबार राति सम्पन्न दोस्रो लेगमा पाहुना टोली एट्लेटिकोमाथि पुनरागमन गर्दै डर्टमन्टले ४–२ गोल अन्तरको जित हासिल गरेको हो। समग्रमा डर्टमन्टले एट्लेटिकोलाई ५–४ गोल अन्तरले पराजित गर्यो। डर्टमन्टको जितमा जुलियन ब्रान्ड, इयान माट्सेन, निकोलस फुलक्रग..
बार्सिलोनालाई पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा
५ बैशाख । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बााहिरिएको छ। मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पाहुना टोली पीएजीसँग ४–१ गोल अन्तरले पराजित हुँदै बार्सिलोना अन्तिम ८ बाटै बाहिरिएको हो। पहिलो लेगमा पीएसजी ३–२ गोल अन्तरले पराजित भएको थियो। समग्रमा बासिलोनामाथि पीएसजीले ६–४ गोल अन्तरको जितसहित अन्तिम चारमा स्थान बनायो। पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गर्दा ओसमान डेम्बेले र..
रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध
४ बैशाख । अल–नासारका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लागेको छ। गत चैत २७ गते मोहम्मद बिन जायद स्टेडियममा सम्पन्न साउदी सुपर कपअन्तर्गत सेमिफाइनलमा अल–हिलालका डिफेन्डर अली अल–बुलाईहीलाई कुहिनाले हानेपछि उनले रातो कार्ड पाएका थिए। यद्यपि, क्लबले साउदी फुटबल फ्रेडेरेसनको अनुशासन समितिलाई रोनाल्डोमाथिको प्रतिबन्ध फिर्ता लिन अपील गरेको छ। उक्त खेलमा अल–नासार २–१ गोल अन्तरले पराजित भएको थियो। रोनाल्डोले खेलको ८६औँ मिनेटमा अलीलाई अनावश्यक रूपमा कुहिनोले..
बैशाख ७ देखि ‘छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता’
३ बैशाख, झापा । दमक –लखनपुर भेट्रान क्लवको आयोजनामा यहि बैशाख ७ गतेदेखि शुरु हुने छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । बैशाख ७ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लवले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । कमल –५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा हुने सो प्रतियोगितामा पूर्वका चर्चित १८ टिमको सहभागिता रहने जनाईएको..
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
३ बैशाख । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङविरुद्ध फराकिलो जित हासिल गरेको नेपालले एक खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले तीन खेलमा तीन जित हासिल गर्दै ६ अंक बटुलेको छ । समूहबाट दुईवटा टिम सेमिफाइनलमा जानेछन् । आजै भएको खेलमा कतारले मलेसियालार्ई पराजित गरेसँगै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित भएको हो । साउदी अरब, कतार र हङकङले तीन–तीन खेलेर एक..
एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित
३ बैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले..
टस जितेर नेपाल फिल्डिङ गर्दै
३ वैशाख । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन् । खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ । वर्षाको कारण खेल ढिलो सुरु हुँदा १८,१८ ओभरको हुनेछ । नेपालले कतारसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विवेक यादवको स्थानमा करण केसी टोलीमा फर्किएका छन्..
लेभरकुसेन बन्यो बुन्डेसिगाको नयाँ च्याम्पियन
३ बैशाख । अपराजित रहँदै बायर लेभरकुसेनले जर्मन बुन्डेसिगाको उपाधि जितेको छ। विगतमा ५ पटक दोस्रो स्थानमा चित्त बुझाएको लेभरकुसेनले आइतबार राति घरेलु मैदान बेएरेनामा सम्पन्न खेलमा वेर्डर ब्रेमेनलाई ५–० ले पराजित गर्दै उपाधि जितेको हो। लेभरकुसेनको जितमा फ्लोरियन विट्र्जले खेलको ६८, ८३ र ९०औँ मिनेटमा गोल गरे। भिक्टर बोनिफेसले २५औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए भने ग्राइन्ट साखाले ६०औँ मिनेटमा गोल गरे। लेभरकुसेनले २९ मध्येको २५ खेलमा जित..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७