खेलकुद

रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध
४ बैशाख । अल–नासारका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लागेको छ। गत चैत २७ गते मोहम्मद बिन जायद स्टेडियममा सम्पन्न साउदी सुपर कपअन्तर्गत सेमिफाइनलमा अल–हिलालका डिफेन्डर अली अल–बुलाईहीलाई कुहिनाले हानेपछि उनले रातो कार्ड पाएका थिए। यद्यपि, क्लबले साउदी फुटबल फ्रेडेरेसनको अनुशासन समितिलाई रोनाल्डोमाथिको प्रतिबन्ध फिर्ता लिन अपील गरेको छ। उक्त खेलमा अल–नासार २–१ गोल अन्तरले पराजित भएको थियो। रोनाल्डोले खेलको ८६औँ मिनेटमा अलीलाई अनावश्यक रूपमा कुहिनोले..

बैशाख ७ देखि ‘छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता’
३ बैशाख, झापा । दमक –लखनपुर भेट्रान क्लवको आयोजनामा यहि बैशाख ७ गतेदेखि शुरु हुने छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । बैशाख ७ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लवले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । कमल –५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा हुने सो प्रतियोगितामा पूर्वका चर्चित १८ टिमको सहभागिता रहने जनाईएको..

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
३ बैशाख । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङविरुद्ध फराकिलो जित हासिल गरेको नेपालले एक खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले तीन खेलमा तीन जित हासिल गर्दै ६ अंक बटुलेको छ । समूहबाट दुईवटा टिम सेमिफाइनलमा जानेछन् । आजै भएको खेलमा कतारले मलेसियालार्ई पराजित गरेसँगै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित भएको हो । साउदी अरब, कतार र हङकङले तीन–तीन खेलेर एक..

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित
३ बैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले..

टस जितेर नेपाल फिल्डिङ गर्दै
३ वैशाख । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन् । खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ । वर्षाको कारण खेल ढिलो सुरु हुँदा १८,१८ ओभरको हुनेछ । नेपालले कतारसँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विवेक यादवको स्थानमा करण केसी टोलीमा फर्किएका छन्..

लेभरकुसेन बन्यो बुन्डेसिगाको नयाँ च्याम्पियन
३ बैशाख । अपराजित रहँदै बायर लेभरकुसेनले जर्मन बुन्डेसिगाको उपाधि जितेको छ। विगतमा ५ पटक दोस्रो स्थानमा चित्त बुझाएको लेभरकुसेनले आइतबार राति घरेलु मैदान बेएरेनामा सम्पन्न खेलमा वेर्डर ब्रेमेनलाई ५–० ले पराजित गर्दै उपाधि जितेको हो। लेभरकुसेनको जितमा फ्लोरियन विट्र्जले खेलको ६८, ८३ र ९०औँ मिनेटमा गोल गरे। भिक्टर बोनिफेसले २५औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए भने ग्राइन्ट साखाले ६०औँ मिनेटमा गोल गरे। लेभरकुसेनले २९ मध्येको २५ खेलमा जित..

ला लिगामा रियलको अग्रता कायमै
२ बैशाख । रियल मड्रिडले मायोर्कामाथि सङ्घर्षपूर्ण जित हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । शनिबार राति भएको खेलमा रियल १–० गोलले विजयी बन्यो । रियलको जीतमा औरेलियन टुअमानीले गरेको एक मात्र गोल निर्णायक बन्यो । रियलले बुधबार च्याम्पियन्स लिगको क्वार्टरफाइलको दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गर्दैछ भने त्यसपछि एल क्लासिकोमा बार्सिलोनाको सामना गर्दैछ । प्रशिक्षक कार्लाे एन्चेलोटीले शनिबारको खेलमा थुप्रै खेलाडीलाई आराम दिएका थिए..

झापा स्पोर्टस् अवार्ड : रोशन र त्रिशा उत्कृष्ट खेलाडी
३० चैत । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् । उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एकएक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै, लाइफ टाइम अचिभमेन्ट..

एटलान्टासँग हार्यो लिभरपुल
३० चैत । लिभरपुल युरोपा लिगअन्तर्गत पहिलो लेगमा एटलान्टासँग पराजित भएको छ। एनफिल्डमा बिहीबार राति सम्पन्न खेलमा लिभरपुल पाहुना टोली एटलान्टासँग ३–० गोल अन्तरले पराजित भएको हो। एटलान्टका जियानलुका स्कैमैकाले खेलको ३८ र ६०औँ मिनेटमा गोल गरेका थिए। यस्तै, मारियो पासालिकले ८३औँ मिनेटमा गोल गर्दै एटलान्टलाई सहज जित दिलाए।

मियामी च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरियो
२९ चैत । इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। बिबीभिए रंगशालामा बिहीबार सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा मियामी घरेलु टोली मोन्टेरेसँग ३–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। पहिलो लेगमा मियामी घरेलु मैदानमै २–१ गोल अन्तरले पराजित भएको थियो। मोन्टेरेका ब्रान्डन भाजक्वेज, जर्मन बर्टेरम, जिसस ग्यालार्डाेले १र१ गोल गरे। मियाका लागि डिएगो गोमेजले एक गोल फर्काए। खेलको ३१औँ मिनेटमा भाजक्वेजको गोलमार्फत मोन्टेरेले अग्रता लिएको थियो। ५८औँ मिनेटमा बर्टेरमले..