खेलकुद
हरिकेन्समाथि नेपालको रोमाञ्चक जित
१२ जेठ । नेपालले पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ । १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो । अन्तिम ६ बलमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो । तीव्र गतिका बलर करण केसीले अन्तिम ओभरमा ३ रन खर्चेर एक विकेट लिंदै नेपाललाई जित दिलाए । त्यसअघि १९ औं ओभरमा अभिनाश बोहराले १४ रन..
सन्दीपलाई विश्वकप खेल्न पठाउन खेलकुद मन्त्रलायले पहल गर्ने
१० जेठ । लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न पठाउन युवा ताथ खेलकुद मन्त्रलायले पहल गर्ने भएको छ।
आईपीएलबाट बाहिरियो बेंग्लोर
१० जेठ । रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ। मंगलबार राति सम्पन्न पहिलो एलिमिनेटर राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुँदै बेंग्लोर प्रतियोगिताबाट बाहिरिएको हो। जितसँगै राजस्थानले फाइनल प्रवेशका लागि अब उसले सनराइजर्स हैदरावादको सामना गर्नेछ। हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। यो खेल २४ मेमा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ। यस खेलको विजेताले २६ मेमा हुने फाइनलमा कोलकाताको सामना गर्नेछ। बेंग्लोरले दिएको १७३ रनको..
एटलान्टाले लगायो लेभरकुजनको अपराजित यात्रामा ब्रेक
१० जेठ । अन्तत: जर्मन क्लब बायर लेभरकुजनको अपराजित यात्रा अन्त्य भएको छ। मंगलबार राति सम्पन्न युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टासँग ३-० गोल अन्तरले पराजित भएसँगै लेभरकुजेनको अपराजित यात्रा अन्त्य भएको हो। लेभरकुजनले यसपटक ५२औँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राखेको थियो। उक्त कीर्तिमानमा ब्रेक गर्न एटलान्टाका अडेमोला लुकम्यानले ह्याट्रिक गरे। अविभा स्टेडियममा सम्पन्न खेलको १२, २६ र ७५औँ मिनेटमा उनले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
युरो कपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा
९ जेठ । रोबर्टो मार्टिनेजले युरो कपका लागि पोर्चुगलको टोली घोषणा गरेका छन्। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा जर्मनीमा हुने समर टुर्नामेन्टअघि पोर्चुगलले २६ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा पोर्टोका ४१ वर्षीय डिफेन्डर पेपेपनि समेटिएका छन्। उनको यो करिअरकै नवौँ ठूलो प्रतियोगितामा हुने छ। उनीबाहेक ब्रुनो फर्नान्डिज र डियोगो डालोटसँगै बर्नार्डो सिल्भा, डियोगो जोटा, जोआओ पाल्हिन्हा र जोस सासहित प्रिमियर लिगको प्रतिनिधित्व गर्दै आएका खेलाडी टोलीमा समेटिएका छन्। यद्यपि, म्यानचेस्टर सिटीका..
टोनी क्रुसद्वरा सन्न्यासको घोषणा
८ जेठ । रियल म्याड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसले सन्न्यासको घोषणा गरेका छन् । आफ्नो इन्स्टाग्राममा एक पोस्ट मार्फत ३४-वर्षीय क्रुसले सन्न्यास लिने घोषणा गरेका हुन् । आउँदो जुन-जुलाईमा घरेलु भूमि जर्मनीमा हुने युरो कप उनको खेल करियरको अन्तिम खेलहरु हुने उनले घोषणा गरेका हुन् । रियल म्याड्रिडका अनुबन्धित उनले रियलको लागि एक लिग खेल र च्याम्पियन्स लिग फाइनल खेलमा बाँकी रहेको छ । “१० वर्ष पछि यस सिजनको..
म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन
८ जेठ । म्यानचेस्टर सिटीले लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक..
बेंग्लुरु आईपीएलको प्लेअफमा
६ जेठ । लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ । आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो । २०१ रन बनाएर पराजित भएको भए..
वडा नं. ११ ले जित्यो शिवसताक्षी मेयर कप फुटबलको उपाधि
६ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी वडा नं. ११ ले जितेको छ । वडा नं. ८ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नं. ११ ले उपाधि जितेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । उपाधि हात पारेसँगै वडा नं. ११ ले नगद ७० हजार सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ..
सन्तोषीले पेरिस ओलम्पिक खेल्ने
५ जेठ । धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छन्। विश्व एथ्लेटिक्स महासंघ (डब्ल्युए)का अनुसार उनले युनिभर्सल कोटा (वाईल्ड कार्ड)मार्फत ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्। ओलम्पिक खेल्ने पक्का भएसँगै ३० वर्षीय सन्तोषीले सक्दो राम्रो प्रदर्शन गर्ने बताइन्। ‘ओलम्पिक खेल्ने सपना पूरा भएकोमा एकदमै खुसी लागेको छ। सक्दो राम्रो गर्ने कोसिस गर्छु,’ उनले भनिन्। सन्तोषी १३औँ दक्षिण एशियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता हुन्। उनले १० हजार मिटर दौड ३५..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७