युरो कपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

९ जेठ । रोबर्टो मार्टिनेजले युरो कपका लागि पोर्चुगलको टोली घोषणा गरेका छन्। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा जर्मनीमा हुने समर टुर्नामेन्टअघि पोर्चुगलले २६ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा पोर्टोका ४१ वर्षीय डिफेन्डर पेपेपनि समेटिएका छन्। उनको यो करिअरकै नवौँ ठूलो प्रतियोगितामा हुने छ। उनीबाहेक ब्रुनो फर्नान्डिज र डियोगो डालोटसँगै बर्नार्डो सिल्भा, डियोगो जोटा, जोआओ पाल्हिन्हा र जोस सासहित प्रिमियर लिगको प्रतिनिधित्व गर्दै आएका खेलाडी टोलीमा समेटिएका छन्। यद्यपि, म्यानचेस्टर सिटीका..

टोनी क्रुसद्वरा सन्न्यासको घोषणा

८ जेठ । रियल म्याड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसले सन्न्यासको घोषणा गरेका छन् । आफ्नो इन्स्टाग्राममा एक पोस्ट मार्फत ३४-वर्षीय क्रुसले सन्न्यास लिने घोषणा गरेका हुन् । आउँदो जुन-जुलाईमा घरेलु भूमि जर्मनीमा हुने युरो कप उनको खेल करियरको अन्तिम खेलहरु हुने उनले घोषणा गरेका हुन् । रियल म्याड्रिडका अनुबन्धित उनले रियलको लागि एक लिग खेल र च्याम्पियन्स लिग फाइनल खेलमा बाँकी रहेको छ । “१० वर्ष पछि यस सिजनको..

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

  ८ जेठ । म्यानचेस्टर सिटीले लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक..

बेंग्लुरु आईपीएलको प्लेअफमा

६ जेठ । लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ । आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो । २०१ रन बनाएर पराजित भएको भए..

वडा नं. ११ ले जित्यो शिवसताक्षी मेयर कप फुटबलको उपाधि

६ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी वडा नं. ११ ले जितेको छ । वडा नं. ८ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नं. ११ ले उपाधि जितेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । उपाधि हात पारेसँगै वडा नं. ११ ले नगद ७० हजार सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ..

सन्तोषीले पेरिस ओलम्पिक खेल्ने

५ जेठ । धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।  विश्व एथ्लेटिक्स महासंघ (डब्ल्युए)का अनुसार उनले  युनिभर्सल कोटा (वाईल्ड कार्ड)मार्फत ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्। ओलम्पिक खेल्ने पक्का भएसँगै ३० वर्षीय सन्तोषीले सक्दो राम्रो प्रदर्शन गर्ने बताइन्। ‘ओलम्पिक खेल्ने सपना पूरा भएकोमा एकदमै खुसी लागेको छ। सक्दो राम्रो गर्ने कोसिस गर्छु,’ उनले भनिन्। सन्तोषी १३औँ दक्षिण एशियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता हुन्। उनले १० हजार मिटर दौड ३५..

रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

  ५ जेठ । क्रिस्टियानो रोनाल्डो फोर्ब्सको सर्वाधिक धनाड्य खेलाडीको शीर्ष स्थानमा रहन सफल भएका छन् । पोर्चुगिज स्टार रोनाल्डो लगातार चौंथो पटक शीर्ष स्थानमा रहेका छन् । रोनाल्डो साउदी क्लब अल नासरमा २०२२ मा कीर्तिमानी मूल्यमा आवद्ध भएका थिए । उनले २०२५ सम्मको सम्झौता गरेका छन् । बिजनेस म्यागजिन फोर्ब्सका अनुसार ३९ वर्षीय पोर्चुगिज फर्वाड रोनाल्डोले पछिल्लो १२ महिनामा २६० मिलियन डलर आम्दानी गरेका छन् । त्यस्तै, गल्फका जोन..

शिवसताक्षी मेयर कप- उपाधीका लागि वडा नं. ११ र वडा नं. ८ भिड्दै

५ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबलमा वडा नं. ११ र वडा नं. ८ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमी फाइनल खेलमा मिनी भेट्रान क्लबलाई ५–१ गोल अन्तरले हराउँदै वडा नं. ११ फाइलनमा प्रवेश गरेको हो । वडा नं. ११ को तर्फबाट निकेश श्रेष्ठले २ गोल, देव मल्लिक, आकास पौडेल र सुरज मगरले १–१ गोल गरेका थिए । यता मिनी भेट्रानको तर्फबाट लक्ष्मण अधिकारीले एक..

टेबल टेनिस खेलाडी स्यान्टुले पेरिस ओलम्पिक खेल्ने

३ जेठ । टेबल टेनिसका स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएका छन्। बुधबार दक्षिण एशियन क्षेत्रको छनोटको अन्तिम खेलमा संयोग कपालीलाई पराजित गर्दै स्यान्टुले यस वर्ष हुने ओलम्पिकमा स्थान पक्का गरेका हुन्। स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यले मात्र यो सफलता हासिल गरेका थिए। छनोटको अन्तिम खेलमा स्यान्टुले ४-३ को सेटमा जित हात पारे। उनले अन्तिम सेटको खेलमा १०–९ स्कोरको जित निकाल्दै..

युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि

३ जेठ । डुसन भ्लाहोभिचको निर्णायक गोलसँगै युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ। स्टेडियो ओलिम्पिको, रोममा बुधबार सम्पन फाइनल खेलमा घरेलु टोली एटलान्टलाई १-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको हो। खेलको चौथो मिनेटमा डुसनले गरेको गोल नै खेलको निर्णायक बन्यो।