टोनी क्रुसद्वरा सन्न्यासको घोषणा

टोनी क्रुसद्वरा सन्न्यासको घोषणा

८ जेठ । रियल म्याड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसले सन्न्यासको घोषणा गरेका छन् । आफ्नो इन्स्टाग्राममा एक पोस्ट मार्फत ३४-वर्षीय क्रुसले सन्न्यास लिने घोषणा गरेका हुन् ।

आउँदो जुन-जुलाईमा घरेलु भूमि जर्मनीमा हुने युरो कप उनको खेल करियरको अन्तिम खेलहरु हुने उनले घोषणा गरेका हुन् । रियल म्याड्रिडका अनुबन्धित उनले रियलको लागि एक लिग खेल र च्याम्पियन्स लिग फाइनल खेलमा बाँकी रहेको छ ।

“१० वर्ष पछि यस सिजनको अन्त्यमा रियल म्याड्रिड अध्याय समाप्त हुन्छ”,क्रुसले लेखेका छन् । “मलाई खुल्ला हृदयले स्वागत गर्ने र मलाई विश्वास गर्ने सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु । मेरो सक्रिय फुटबलरको रूपमा मेरो करियर यो समर युरो च्याम्पियनसिप पछि समाप्त हुनेछ ।”

“अब देखि मेरो मस्तिष्कमा एक मात्र विचार छ: १५औं च्याम्पियन्स लिग उपाधि”, उनले थपे ।

२००७ मा बायर्न म्युनिखबाट सिनियर करियर सुरुवात गरेका उनले बायर्नका लागि ३ बुन्डेसलिगा, ४ जर्मन कप, १ जर्मन सुपर कप, १ च्याम्पियन्स लिग, १ युरोपेली सुपर कप र १ क्लब विश्वकप उपाधि जितेका थिए ।

त्यसपश्चात २०१४ मा जर्मनीबाट विश्वकप जितेका उनी सोही वर्ष रियल म्याड्रिड पुगेका थिए । रियलका लागि उनले ४ लिग उपाधि, १ स्पेनिश कप, ४ स्पेनिश सुपर कप, ४ युरोपेली च्याम्पियन्स लिग, ३ युरोपेली सुपर कप र ५ क्लब विश्वकप उपाधि जितेका छन् ।

२०२० को युरो कप पश्चात अन्तराष्टिय करियरबाट सन्न्यासको घोषणा गरेका क्रुसले यस वर्षको फेब्रुअरीमा पुनः जर्मनीका लागि खेल्ने बताउँदै मार्चमा फ्रान्स विरुद्ध अन्तराष्ट्रिय फुटबलमा फर्किएका थिए।

क्रुस फुटबल इतिहासको सर्वोत्कृष्ट मध्यको एक मिडफिल्डरको रूपमा चिनिने छन्।

प्रतिक्रिया:

सम्बन्धित खवर