खेलकुद
रोनाल्डो सर्वाधिक कमाउने खेलाडी
५ जेठ । क्रिस्टियानो रोनाल्डो फोर्ब्सको सर्वाधिक धनाड्य खेलाडीको शीर्ष स्थानमा रहन सफल भएका छन् । पोर्चुगिज स्टार रोनाल्डो लगातार चौंथो पटक शीर्ष स्थानमा रहेका छन् । रोनाल्डो साउदी क्लब अल नासरमा २०२२ मा कीर्तिमानी मूल्यमा आवद्ध भएका थिए । उनले २०२५ सम्मको सम्झौता गरेका छन् । बिजनेस म्यागजिन फोर्ब्सका अनुसार ३९ वर्षीय पोर्चुगिज फर्वाड रोनाल्डोले पछिल्लो १२ महिनामा २६० मिलियन डलर आम्दानी गरेका छन् । त्यस्तै, गल्फका जोन..
शिवसताक्षी मेयर कप- उपाधीका लागि वडा नं. ११ र वडा नं. ८ भिड्दै
५ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबलमा वडा नं. ११ र वडा नं. ८ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमी फाइनल खेलमा मिनी भेट्रान क्लबलाई ५–१ गोल अन्तरले हराउँदै वडा नं. ११ फाइलनमा प्रवेश गरेको हो । वडा नं. ११ को तर्फबाट निकेश श्रेष्ठले २ गोल, देव मल्लिक, आकास पौडेल र सुरज मगरले १–१ गोल गरेका थिए । यता मिनी भेट्रानको तर्फबाट लक्ष्मण अधिकारीले एक..
टेबल टेनिस खेलाडी स्यान्टुले पेरिस ओलम्पिक खेल्ने
३ जेठ । टेबल टेनिसका स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएका छन्। बुधबार दक्षिण एशियन क्षेत्रको छनोटको अन्तिम खेलमा संयोग कपालीलाई पराजित गर्दै स्यान्टुले यस वर्ष हुने ओलम्पिकमा स्थान पक्का गरेका हुन्। स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यले मात्र यो सफलता हासिल गरेका थिए। छनोटको अन्तिम खेलमा स्यान्टुले ४-३ को सेटमा जित हात पारे। उनले अन्तिम सेटको खेलमा १०–९ स्कोरको जित निकाल्दै..
युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि
३ जेठ । डुसन भ्लाहोभिचको निर्णायक गोलसँगै युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ। स्टेडियो ओलिम्पिको, रोममा बुधबार सम्पन फाइनल खेलमा घरेलु टोली एटलान्टलाई १-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स च्याम्पियन बनेको हो। खेलको चौथो मिनेटमा डुसनले गरेको गोल नै खेलको निर्णायक बन्यो।
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै सुनील क्षेत्री
३ जेठ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। सुनीलले बिहीबार सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देशमार्फत सन्न्यास लिने घोषणा गरेका हुन्। फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध जुन ६ मा हुने खेलपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने छन्। ३९ वर्षीय स्ट्राइकर सुनीलले भारतीय टोलीमा महत्त्वपूर्ण योगदान दिएका छन्। यू–२० र यू–२३ टोलीबाट आफ्नो परिचय बनाएका उनले सन् २००५ मा सिनिअर टोलीमा डेब्यू गरेका थिए।..
सन्दीपलाई विश्वकपमा लैजान पहल सुरु, फिटनेस टेस्ट लिइने
३ जेठ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई टी २० विश्वकपमा लैजान पहल सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग एक जना खेलाडी प्रतिस्थापनका लागि अनुमति माग्दै पत्राचार गरिएको क्यान स्रोतले बतायो । आईसीसीले दिएको डेडलाइनमा नेपालले १५ सदस्यीय टीम घोषणा गरिसकेको छ । सो टीम अमेरिका प्रस्थान गरेर अहिले अभ्यास म्याचहरू खेलिरहेको छ । सन्दीप भने जिल्ला अदालतबाट दोषी..
शिवसताक्षी मेयर कप- वडा नं. ११ र ९ सेमी फाइनलमा प्रवेश
३ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल अन्तर्गत बुधबार भएको खेलमा वडा नं. ९ र वडा नं. ११ सेमी फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा वडा नं. ७ लाई १–० गोल अन्तरले हराउँदै वडा नं.९ सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ९ का टिम क्याप्टेन प्रनिष फागो घोषित भएका छन् । त्यस्तै बुधबार नै भएको दोस्रो खेलबाट शिवसताक्षी..
राष्ट्रिय भलिबल खेलाडी धिरोजले जिते मिस्टर सुपरनेस्नल नेपालको उपाधि
२६ वैशाख । नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोज काजी बस्नेतले ब्युटि प्रजेन्ट अन्तर्गत मिस्टर सुपरनेस्नल नेपाल २०२४ को उपाधि जितेका छन्। धिरोजले बैशाख १९ गते भएको प्रतियोगितामा मिस्टर सुपरनेस्नल नेपालको उपाधि जितेका हुन्। यो संगै उनले जुनमा पोल्यान्डमा हुने मिस्टर सुपरनेस्नल प्रतियोगितामा नेपालको प्रतिनिधि गर्नेछन्। त्यसका लागि उनि जुन २२ मा त्यसतर्फ प्रस्थान गर्नेछन्। यसअघि उनले ब्युटि प्रजेन्ट अन्तर्गतकै मिस्टर नेपाल नेसन्स २०२३ को पनि उपाधि जितेका थिए। धिरोज..
पीएसजीलाई हराउँदै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा
२६ बैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध दोस्रो लेगमा १–० को जित निकाल्दै बोरुसिया डर्टमन्डले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थानमा बनाएको छ । मंगलबार पीएसजीकै मैदान पार्क डे प्रिन्सेसमा सम्पन्न खेलमा डर्टमन्डलाई जित दिलाउन माट्स हम्मेल्सले गरेको गोल निर्णायक बन्यो । उनले ५०औँ मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रतामा राखेका थिए । डर्टमन्डले समग्रमा २–० को जितसहित फाइनल यात्रा तय गरेको हो । यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगमा..
आतंकवादी संगठन आईएसले दियो टी–२० विश्वकपमा आक्रमण गर्ने धम्की
२५ वैशाख । पाकिस्तान र अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरसानले टी–२० वल्र्ड कप क्रिकेटमा आक्रमण गर्ने धम्की दिएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । आयोजक वेष्ट इण्डिज क्रिकेटका अधिकारीले सुरक्षा अधिकारीहरुसँग मिलेर आवश्यक प्रबन्धका लागि काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार आतंकवादी संगठनले वेष्टइण्डिज सहितका देशहरुलाई भिडियो म्यासेज पठाएर आक्रमणको धम्की दिइएको छ । आईएस खोरसानको अफगानिस्तान–पाकिस्तान शाखाले नशीर–ए–पाकिस्तान च्यानलमार्फत पनि एक भिडियो सार्वजनिक गर्दै हमलाको धम्की..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७