खेलकुद

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै सुनील क्षेत्री
३ जेठ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। सुनीलले बिहीबार सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देशमार्फत सन्न्यास लिने घोषणा गरेका हुन्। फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध जुन ६ मा हुने खेलपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने छन्। ३९ वर्षीय स्ट्राइकर सुनीलले भारतीय टोलीमा महत्त्वपूर्ण योगदान दिएका छन्। यू–२० र यू–२३ टोलीबाट आफ्नो परिचय बनाएका उनले सन् २००५ मा सिनिअर टोलीमा डेब्यू गरेका थिए।..

सन्दीपलाई विश्वकपमा लैजान पहल सुरु, फिटनेस टेस्ट लिइने
३ जेठ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई टी २० विश्वकपमा लैजान पहल सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग एक जना खेलाडी प्रतिस्थापनका लागि अनुमति माग्दै पत्राचार गरिएको क्यान स्रोतले बतायो । आईसीसीले दिएको डेडलाइनमा नेपालले १५ सदस्यीय टीम घोषणा गरिसकेको छ । सो टीम अमेरिका प्रस्थान गरेर अहिले अभ्यास म्याचहरू खेलिरहेको छ । सन्दीप भने जिल्ला अदालतबाट दोषी..

शिवसताक्षी मेयर कप- वडा नं. ११ र ९ सेमी फाइनलमा प्रवेश
३ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल अन्तर्गत बुधबार भएको खेलमा वडा नं. ९ र वडा नं. ११ सेमी फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा वडा नं. ७ लाई १–० गोल अन्तरले हराउँदै वडा नं.९ सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ९ का टिम क्याप्टेन प्रनिष फागो घोषित भएका छन् । त्यस्तै बुधबार नै भएको दोस्रो खेलबाट शिवसताक्षी..

राष्ट्रिय भलिबल खेलाडी धिरोजले जिते मिस्टर सुपरनेस्नल नेपालको उपाधि
२६ वैशाख । नेपाली राष्ट्रिय भलिबल टिमका खेलाडी धिरोज काजी बस्नेतले ब्युटि प्रजेन्ट अन्तर्गत मिस्टर सुपरनेस्नल नेपाल २०२४ को उपाधि जितेका छन्। धिरोजले बैशाख १९ गते भएको प्रतियोगितामा मिस्टर सुपरनेस्नल नेपालको उपाधि जितेका हुन्। यो संगै उनले जुनमा पोल्यान्डमा हुने मिस्टर सुपरनेस्नल प्रतियोगितामा नेपालको प्रतिनिधि गर्नेछन्। त्यसका लागि उनि जुन २२ मा त्यसतर्फ प्रस्थान गर्नेछन्। यसअघि उनले ब्युटि प्रजेन्ट अन्तर्गतकै मिस्टर नेपाल नेसन्स २०२३ को पनि उपाधि जितेका थिए। धिरोज..

पीएसजीलाई हराउँदै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा
२६ बैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध दोस्रो लेगमा १–० को जित निकाल्दै बोरुसिया डर्टमन्डले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थानमा बनाएको छ । मंगलबार पीएसजीकै मैदान पार्क डे प्रिन्सेसमा सम्पन्न खेलमा डर्टमन्डलाई जित दिलाउन माट्स हम्मेल्सले गरेको गोल निर्णायक बन्यो । उनले ५०औँ मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रतामा राखेका थिए । डर्टमन्डले समग्रमा २–० को जितसहित फाइनल यात्रा तय गरेको हो । यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगमा..

आतंकवादी संगठन आईएसले दियो टी–२० विश्वकपमा आक्रमण गर्ने धम्की
२५ वैशाख । पाकिस्तान र अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरसानले टी–२० वल्र्ड कप क्रिकेटमा आक्रमण गर्ने धम्की दिएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । आयोजक वेष्ट इण्डिज क्रिकेटका अधिकारीले सुरक्षा अधिकारीहरुसँग मिलेर आवश्यक प्रबन्धका लागि काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार आतंकवादी संगठनले वेष्टइण्डिज सहितका देशहरुलाई भिडियो म्यासेज पठाएर आक्रमणको धम्की दिइएको छ । आईएस खोरसानको अफगानिस्तान–पाकिस्तान शाखाले नशीर–ए–पाकिस्तान च्यानलमार्फत पनि एक भिडियो सार्वजनिक गर्दै हमलाको धम्की..

वेस्टइन्डिज ‘ए’सँग नेपाल ७६ रनले पराजित
१९ बैशाख । नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २–१ को अग्रता लिएको छ । जोनसनको शतकमा २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए..

वेष्टइण्डिजले दियो नेपाललाई २२८ रनको लक्ष्य
१९ बैशाख । ओपनर जोनसन चाल्र्सको शतकमा वेष्टइण्डिजले तेस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो । जोनसन चाल्र्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका..

वेस्ट इन्डिज ‘ए’ सँग तेस्रो खेल खेल्दै नेपाल
१९ बैशाख । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत तेस्रो खेल आज खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजेबाट शुरू हुने छ। आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल १० रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा १–१ को बराबरी गरेको छ। वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो। त्यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई..

भिसा नआउँदा बेलायत जानबाट रोकियो नेपाली फुटबल टोली
१८ बैशाख । मैत्रिपूर्ण खेलका लागि इङल्याण्ड जान लागेका नेपाली फुटबल टिमका सदस्यको समयमा भिसा नआउँदा नेपालमै रोकिएका छन् । नेपाली खेलाडीहरु मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फर्क फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर भिसा नआएका कारण खेलाडी, प्रशिक्षक र अफिसियलहरु यही रोकिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए । नेपाली खेलाडीसहित ३५ जनाको टोलीको भिसा भारतस्थित..