कोपा अमेरिकामा पहिलो पटक महिला रेफ्री

१३ जेठ । कोपा अमेरिकामा पहिलो पटक महिला रेफ्री र असिस्टेन्ट रहने भएका छन्। अर्जेन्टिनाको ब्यूनस आयर्समा शुक्रबार महिला म्याच अफिसियल नियुक्त गरिएको हो। प्रतियोगितामा अमेरिकाकी मारिया भिक्टोरिया पेन्सो र ब्राजिलकी एडिना अल्भेस रेफ्रीको भूमिकामा रहनेछन्। ब्राजिलकी नेउजा ब्याक, कोलम्बियाकी मेरी ब्लान्को, भेनेजुएलाकी मिग्डालिया रोड्रिग्वेज र अमेरिकाकी ब्रुक मायो र क्याथरीन नेसबिट सहयोग भूमिकामा रहने छन्। निकारागुआकी तातियाना गुज्मानले भिडियो एनलाइसिस गर्ने छिन्। ‘यो सन् २०१६ देखि कोनमेबोलले लिएको प्रतिबद्धता..

युनाइटेडले जित्यो एफए कपको उपाधि

१३ जेठ । गत वर्षको बदला लिँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो। प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो। अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २–० गोल अन्तरको अग्रता दिलाएका थिए। खेलको ३०औँ मिनेटमा सिटीका..

पीएसजीले जित्यो फ्रेन्च कप

१३ जेठ । फ्रेन्च कप (कोपा डे फ्रान्स)को उपाधि पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले जितेको छ। लिलको स्टेड पियरे माउरोयमा शनिबार सम्पन्न फाइनल खेलमा लियोनलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो। पीएसजीका लागि पहिलो हाफमा फ्रान्सका विंगर उस्माने डेम्बेले र स्पेनका मिडफिल्डर फाबियन रुइजले गोल गरे। दोस्रो हाफमा लियोनका डिफेन्डर जेक ओुब्रायनले सान्त्वना गोल गरे। खेलको २२औँ मिनेटमा नुनो मेन्डेसको क्रसमा डेम्बेलेले गोल गर्दै अग्रता दिलाएका थिए। ३४औँ मिनेटमा..

दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

१३ जेठ । नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरीकेन्सलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल २७ रनले विजयी भएको हो। योसँगै नेपालले शतप्रतिशत जित हासिल गरेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो। नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरीकेन्स १८.३ ओभरमा ९६ रनमा अलआउट भयो। ह्युस्टन हरीकेन्सका जिआ शाहजादले सर्वाधिक ३५ रन बनाए। २९ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार..

गोलरक्षक नाभासले गरे सन्न्यासको घोषणा

१३ जेठ । कोस्टारिकाका अनुभवी गोलरक्षक केलोर नाभासले सन्न्यास लिने घोषणा गरेका छन्। राष्ट्रिय टोलीबाट १६ वर्षमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका ३७ वर्षीय नाभासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन्। ‘हामीले बनाएका सबै सम्झनाहरूका लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामीले सँगै इतिहास रचेका छौँ। विश्वका उत्कृष्ट खेलाडीको सामना गर्दै कोस्टारिकाको नाम उच्चस्तरमा पुर्‍याएका छौँ,’ नाभासले भने। कोस्टारिकाको इतिहासकै उत्कृष्ट गोलरक्षक मानिएका नाभासले सन् २०१४..

आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का

१२ जेठ । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा हैदराबाद ३६ रनले विजयी बनेको हो । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ रन बनाउँदै नटआउट रहे पनि उनले टोलीलाई जित दिलाउन भने सकेनन्..

हरिकेन्समाथि नेपालको रोमाञ्चक जित

१२ जेठ । नेपालले पहिलो टी–२० अभ्यास खेलमा घरेलु टोली ह्युस्टन हरिकेन्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ । १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४० रन बनायो । अन्तिम ६ बलमा हरिकेन्सलाई जितको लागि १० रन चाहिएको थियो । तीव्र गतिका बलर करण केसीले अन्तिम ओभरमा ३ रन खर्चेर एक विकेट लिंदै नेपाललाई जित दिलाए । त्यसअघि १९ औं ओभरमा अभिनाश बोहराले १४ रन..

सन्दीपलाई विश्वकप खेल्न पठाउन खेलकुद मन्त्रलायले पहल गर्ने

१० जेठ । लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न पठाउन युवा ताथ खेलकुद मन्त्रलायले पहल गर्ने भएको छ।

आईपीएलबाट बाहिरियो बेंग्लोर

१० जेठ । रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ। मंगलबार राति सम्पन्न पहिलो एलिमिनेटर राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुँदै बेंग्लोर प्रतियोगिताबाट बाहिरिएको हो। जितसँगै राजस्थानले फाइनल प्रवेशका लागि अब उसले सनराइजर्स हैदरावादको सामना गर्नेछ। हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। यो खेल २४ मेमा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ। यस खेलको विजेताले २६ मेमा हुने फाइनलमा कोलकाताको सामना गर्नेछ। बेंग्लोरले दिएको १७३ रनको..

एटलान्टाले लगायो लेभरकुजनको अपराजित यात्रामा ब्रेक

१० जेठ । अन्तत: जर्मन क्लब बायर लेभरकुजनको अपराजित यात्रा अन्त्य भएको छ। मंगलबार राति सम्पन्न युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टासँग ३-० गोल अन्तरले पराजित भएसँगै लेभरकुजेनको अपराजित यात्रा अन्त्य भएको हो। लेभरकुजनले यसपटक ५२औँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राखेको थियो। उक्त कीर्तिमानमा ब्रेक गर्न एटलान्टाका अडेमोला लुकम्यानले ह्याट्रिक गरे। अविभा स्टेडियममा सम्पन्न खेलको १२, २६ र ७५औँ मिनेटमा उनले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।