खेलकुद
मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु- सन्दीप लामिछाने
१४ जेठ । नेपालले टी–२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ । पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरे । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छु, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना..
कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि
१४ जेठ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२..
जाभीको बिदाइ खेलमा बार्सिलोनाको जित
१४ जेठ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेभियालाई २–१ गोल अन्तरले पराजित गर्दै जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी अन्त्य गरेका छन्। बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे। खेलपछि बार्सिलोनाका खेलाडीले जाभीलाई बिदाइ गरेका थिए। बार्सिलोनाले यसअघि नै दोस्रो स्थान हासिल गर्दै अर्काे सिजन साउदी अरबमा हुने स्पेनिस सुपर कपमा स्थान पक्का गरिसकेको छ। लगातार चार हार बेहोर्दै १४औँ स्थानमा रहेको सेभियाका लागि युसुफ एन..
मुलपानी क्रिकेट मैदान निर्माणको लागि ५० करोड प्रस्ताव
१३ जेठ । युवा तथा खेलकुद मन्त्रालयले काठमाडौंको मुलपानी क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा मुलपानी क्रिकेट रंगशालामा निर्माणमा ५० करोड रुपैयाँ प्रस्ताव पेश गरेको छ । मन्त्रालयले पुँजीगततर्फ झण्डै १ अर्ब २१ करोड रुपैयाँ बजेटको प्रस्ताव गरेको छ । जसमा झण्डै आधा रकम मुलपानी क्रिकेट रंगशाला निर्माणमा रहेको छ । पूर्वाधार निर्माणमा क्रिकेट प्राथामिकतामा..
कोपा अमेरिकामा पहिलो पटक महिला रेफ्री
१३ जेठ । कोपा अमेरिकामा पहिलो पटक महिला रेफ्री र असिस्टेन्ट रहने भएका छन्। अर्जेन्टिनाको ब्यूनस आयर्समा शुक्रबार महिला म्याच अफिसियल नियुक्त गरिएको हो। प्रतियोगितामा अमेरिकाकी मारिया भिक्टोरिया पेन्सो र ब्राजिलकी एडिना अल्भेस रेफ्रीको भूमिकामा रहनेछन्। ब्राजिलकी नेउजा ब्याक, कोलम्बियाकी मेरी ब्लान्को, भेनेजुएलाकी मिग्डालिया रोड्रिग्वेज र अमेरिकाकी ब्रुक मायो र क्याथरीन नेसबिट सहयोग भूमिकामा रहने छन्। निकारागुआकी तातियाना गुज्मानले भिडियो एनलाइसिस गर्ने छिन्। ‘यो सन् २०१६ देखि कोनमेबोलले लिएको प्रतिबद्धता..
युनाइटेडले जित्यो एफए कपको उपाधि
१३ जेठ । गत वर्षको बदला लिँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो। प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो। अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २–० गोल अन्तरको अग्रता दिलाएका थिए। खेलको ३०औँ मिनेटमा सिटीका..
पीएसजीले जित्यो फ्रेन्च कप
१३ जेठ । फ्रेन्च कप (कोपा डे फ्रान्स)को उपाधि पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले जितेको छ। लिलको स्टेड पियरे माउरोयमा शनिबार सम्पन्न फाइनल खेलमा लियोनलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो। पीएसजीका लागि पहिलो हाफमा फ्रान्सका विंगर उस्माने डेम्बेले र स्पेनका मिडफिल्डर फाबियन रुइजले गोल गरे। दोस्रो हाफमा लियोनका डिफेन्डर जेक ओुब्रायनले सान्त्वना गोल गरे। खेलको २२औँ मिनेटमा नुनो मेन्डेसको क्रसमा डेम्बेलेले गोल गर्दै अग्रता दिलाएका थिए। ३४औँ मिनेटमा..
दोस्रो अभ्यास खेलमा पनि नेपालको जित
१३ जेठ । नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरीकेन्सलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल २७ रनले विजयी भएको हो। योसँगै नेपालले शतप्रतिशत जित हासिल गरेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो। नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरीकेन्स १८.३ ओभरमा ९६ रनमा अलआउट भयो। ह्युस्टन हरीकेन्सका जिआ शाहजादले सर्वाधिक ३५ रन बनाए। २९ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार..
गोलरक्षक नाभासले गरे सन्न्यासको घोषणा
१३ जेठ । कोस्टारिकाका अनुभवी गोलरक्षक केलोर नाभासले सन्न्यास लिने घोषणा गरेका छन्। राष्ट्रिय टोलीबाट १६ वर्षमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका ३७ वर्षीय नाभासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन्। ‘हामीले बनाएका सबै सम्झनाहरूका लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामीले सँगै इतिहास रचेका छौँ। विश्वका उत्कृष्ट खेलाडीको सामना गर्दै कोस्टारिकाको नाम उच्चस्तरमा पुर्याएका छौँ,’ नाभासले भने। कोस्टारिकाको इतिहासकै उत्कृष्ट गोलरक्षक मानिएका नाभासले सन् २०१४..
आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का
१२ जेठ । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा हैदराबाद ३६ रनले विजयी बनेको हो । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ रन बनाउँदै नटआउट रहे पनि उनले टोलीलाई जित दिलाउन भने सकेनन्..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७