खेलकुद

हावाहुरीका कारण विश्वकप उद्घाटन हुने स्टेडियममा क्षति
१६ जेठ । आईसीसी टी–२० विश्वकपको उद्घाटन खेल आयोजना गर्ने स्टेडियममा प्रतिकूल मौसमका कारण क्षति पुगेको छ। बिबिसीका अनुसार मंगलबार रातभरि भारी वर्षा भएको थियो। ८० माइल प्रतिघण्टाले हावाहुरी चलेको थियो। यसले स्टेडियम वरपरको संरचनामा क्षति पुगेको छ। मंगलबार डलास शहरमा तूफानको साइरन बजेको थियो। यस क्षेत्रमा शक्तिशाली मेघगर्जन, अचानक बाढी र आँधीबेहरी आउने चेतावनी दिइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का एक प्रवक्ताका अनुसार दर्शक बस्ने प्यारापिटमा पनि असर परेको छ।..

भद्रपुरमा स्टेडियमसहितको क्रिकेट खेल मैदान बन्ने
१५ जेठ, झापा । झापामा स्टेडियमसहितको क्रिकेट खेल मैदान बन्ने भएको छ । खेल मैदानको निर्माणका लागि मेची बहुमुखी क्याम्पस र भद्रपुर क्रिकेट क्लवबीच सम्झौता भएको छ । क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उदेश्यका साथ क्याम्पस परिसरमा खेलमैदान निर्माण गरिने भएको हो । क्लव र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबको तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट..

ग्वार्डिओला भन्छन्- युनाइटेडसँग हार्नुको सम्पूर्ण जिम्मेवारी मेरो
१५ जेठ । म्यानचेस्टर युनाइटेडसँग एफए कपको फाइनलमा २–१ ले पराजित हुनुको सम्पूर्ण जिम्मेवारी सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिएका छन्। ग्वार्डिओलाले पहिलो हाफमा आफ्नो खेल योजना राम्रो नभएको स्वीकार गरेक छन्। लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको सिटी यो सिजन डबल्स पूरा गर्ने लक्ष्यमा थियो। तर, वेम्बलीमा एलेजान्ड्रो गार्नाचो र कोबी माइनुले खेलको पहिलो हाफमै युनाइटेडलाई अग्रता दिलाए। दोस्रो हाफमा ग्वार्डिओलाले जेरेमी डोकुलाई मैदान भित्र्याएका थिए। विंगरले सान्त्वना गोल गरे।..

साउदी प्रो लिगमा रोनाल्डोको कीर्तिमान
१५ जेठ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा कीर्तिमान बनाएका छन्। रियादमा रोनाल्डोले दुई गोल गरेपछि अल–नासरले अल–इत्तिहादलाई ४–२ ले पराजित गरेको थियो। योसँगै उनले लिगमा गोल संख्या ३५ पुर्याएका छन्। पहिलो हाफको अन्तिम सेकेन्डमा रोनाल्डोले मोहम्मद अल फातिलको लामो पासलाई गोलमा परिणत गरेका थिए। खेल सकिन २१ मिनेट बाँकी छँदा मार्सेलो ब्रोजोभिकले कर्नरबाट दिएको बललाई गोल गर्दै पाँच पटकका बालोन डी'ओर विजेता रोनाल्डोले कीर्तिमान कायम गरे। त्यसको पाँच मिनेटपछि..

ब्याटिङ नचल्दा वार्मअफ खेलमा नेपाल क्यानडासँग पराजित
१५ जेठ । ब्याटिङ नचल्दा क्यानडासँगको वार्मअफ खेलमा नेपाल पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा नेपाल ६३ रनले पराजित भएको हो। क्यानडाल दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा १२० रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। ३० बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। अनिलकुमार साह २४, आशिफ शेख २२ र कुशल भुर्तेल १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा..

नेपालले क्यानडासँग आज पहिलो वार्मअप खेल खेल्दै
१४ जेठ । टी–२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । उक्त खेल अमेरिकाको डलासमा राती सवा ९ बजेबाट सुरु हुनेछ । नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ ।

मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु- सन्दीप लामिछाने
१४ जेठ । नेपालले टी–२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ । पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरे । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छु, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना..

कोलकातालाई तेस्रो पटक आईपीएलको उपाधि
१४ जेठ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको छ । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । ११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहे । रहमानउल्लाह गुरबाज ३२..

जाभीको बिदाइ खेलमा बार्सिलोनाको जित
१४ जेठ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेभियालाई २–१ गोल अन्तरले पराजित गर्दै जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी अन्त्य गरेका छन्। बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले गोल गरे। खेलपछि बार्सिलोनाका खेलाडीले जाभीलाई बिदाइ गरेका थिए। बार्सिलोनाले यसअघि नै दोस्रो स्थान हासिल गर्दै अर्काे सिजन साउदी अरबमा हुने स्पेनिस सुपर कपमा स्थान पक्का गरिसकेको छ। लगातार चार हार बेहोर्दै १४औँ स्थानमा रहेको सेभियाका लागि युसुफ एन..

मुलपानी क्रिकेट मैदान निर्माणको लागि ५० करोड प्रस्ताव
१३ जेठ । युवा तथा खेलकुद मन्त्रालयले काठमाडौंको मुलपानी क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा मुलपानी क्रिकेट रंगशालामा निर्माणमा ५० करोड रुपैयाँ प्रस्ताव पेश गरेको छ । मन्त्रालयले पुँजीगततर्फ झण्डै १ अर्ब २१ करोड रुपैयाँ बजेटको प्रस्ताव गरेको छ । जसमा झण्डै आधा रकम मुलपानी क्रिकेट रंगशाला निर्माणमा रहेको छ । पूर्वाधार निर्माणमा क्रिकेट प्राथामिकतामा..