भैगोलिक र सांस्कृतिक रुपमा नै प्रदेश न. १ उत्कृष्ठः मन्त्री कुशियत

भैगोलिक र सांस्कृतिक रुपमा नै प्रदेश न. १ उत्कृष्ठः मन्त्री कुशियत


१६ फाल्गुन, दमक । प्रदेश १ का वन, उद्योग पर्यटन तथा वाताबवण मन्त्री जगदिश कुसियतले १ नम्बर प्रदेश धार्मिक, संस्कृति र प्रकृतिक हिसाबले देशकै उत्कृष्ट प्रदेश भएको बताउनुभएको छ । झापाको कमल गाँँउपालिका वडा न. ५ स्थीत आदिबासी रंगशालामा शुक्रबार प्रदेशस्तरिय साँस्कृतिक महोत्सव २०७६ लाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले १ नम्बर प्रदेशमा संसारकै अग्लो हिमाल सगरमाथा देखि संसारककौ होचो भुभाग केचनाकवल समेत रहेको र भौगोलिक संरचना संगै बुहसंस्कृति, बहु भाषी, बहुजातीको बसोबास रहेकोले पनि अन्य प्रदेशको तुलनामा उत्कृष्ट रहेको दाबी गुर्नभयो । मन्त्री कुसशयातले सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२०मा अधिकतम पर्यटन भित्रायउन समेत साँस्कृतिक महोत्सबको ठुलो भुमिका हुने भएकोले प्रदेश न. १ का बिभिन्न क्षेत्रमा महोत्सब आयोजना गरिने बताउनुभयो ।

सांंस्कृतिक महोत्सबले बिभिन्न भाषा, संस्कृति, जात जातीहरुमा राष्ट्रिय एकताको भावना कायम गर्दै सहिष्णुताको भावना प्रगाड हुने र स्थानीय प्रतिभाहरुलाई पनि राष्ट्रिय स्तर सम्म पहिचान गराउन मद्धत पु¥उने बताउनुभयो ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको आयोजनामा र कमल गाउँपालिकाको व्यवस्थापनमा सो प्रदेश स्तरिय महोत्सव सम्पनन भएको हो । महोत्सबमा विभिन्न जात जातिका साँस्कृतिक पहिचान झल्कने नृत्य, साथै राष्ट्रिय नाचघर काठमाण्डौका कलाकारहरुले बिभिन्न नृत्य प्रस्तुत गरि सहभागी दर्शकलाई मनोरञ्जन दिलाएका थिए । महोत्सबमा जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेल, कमल गाउँपालीका अध्यक्ष मेनुका काफ्ले, चुलाचुली गाउँपालीका अध्यक्ष प्रदिप चन्द्र राई लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर