दमक नगरसभामा पेश भएका ७ विधेयकहरु सर्बसम्मत पारित

दमक नगरसभामा पेश भएका ७ विधेयकहरु सर्बसम्मत पारित


२३ फाल्गुन, झापा । झापाको दमक नगरपालीकाको छैठौ नगरसभाले गत ५ गते पेश गरेको बिभिन्न ७ विधेयकहरु आज बसेको दोस्रो बैठकबाट सर्बसम्मत पारित गरेकोे छ ।

नगरपालीकाको सभाहलमा सम्पन्न छैठौ नगरसभाको दोस्रो बैठकबाट सो विधेयकहरु सर्बसम्मत रुपमा परित भएको हो । सो अवसरमा विनियोजन ऐन, नगरप्रहरी विधेयक, दमक नगर आधारभुत तथा माध्यमीक शिक्षा विधेयक, दमक नगर पुर्वधार ब्यावस्थापन विधेयक, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक, विपद–जोखिम न्युनिकरण तथा ब्यावस्थापन विधेयक, संस्था दर्ता विधेयक २०७६ पारित भएको हो ।

पाँचौ नगर सभाबाट परित चालु आर्थिक बर्ष २०७६⁄०७७ को बार्षिक बजेटलाई कुल आय व्ययबाट संसोधन गरिएको छ भने नगरपालीकाले सम्पादन गर्नु पर्ने ७ वटा ऐनका विधेयकहरु माथी छलफल गरि दोस्रो बैठकबाट पारित गरिएको नगरप्रमुख रोमनाथ ओलीले बताउनुभयो ।
त्यसैगरि नगर कार्यपालीका बैठकका निर्णयहरु नगरसभा र कार्यपालीकाद्धारा गठित बिभिन्न समितिका प्रतिबेदन र सम्झौता समेत अनुमोदन भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर