धरानका एक स्वास्थ्यकर्मीमाथि प्रहरीद्धारा कुटपिट, विरोधमा स्वास्थ्य संथाहरु बन्द

धरानका एक स्वास्थ्यकर्मीमाथि प्रहरीद्धारा कुटपिट, विरोधमा स्वास्थ्य संथाहरु बन्द

४ बैशाख, सुनसरी । सुनसरीको धरान–२० स्थित विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ । हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई पानमारा चौकीका प्रमुख सही भेषबहादुर राउतले पाईपले कुटपिट गरेको बताईएको छ ।

बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा आफूमाथी आज बिहान कुटपिट भएको खनालले बताएका छन् । आफू स्वास्थ्यकर्मी भएको र परिचयपत्र देखाउँदा समेत प्रहरीले लकडाउनको बेला हिँडेको भन्दै कुटपिट गरेको उनले बताए । कुटपिटबाट उनको घाटीँ नजिकैको भागमा सुम्ला बसेको छ ।

कुटपिट गर्ने प्रहरी राउतले भने आफूबाट कुनै पनि दुव्र्यवहार नभएको दाबी गरेका छन् ।

यता प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको भन्दै धरान उपमहानगरपालिका मातहतका स्वाथ्यकर्मीहरुले स्वास्थ्य संस्था बन्द गरेका छन् ।
उनीहरु सुरक्षाको माग गर्दै उपमहानगरपालिकामा भेला भएका छ्न । पटक पटक सुरक्षा बैठकमा स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई निर्वाध काम गर्न दिने सहमति भएपनि स्वास्थ्यकर्मीमाथि कुटटिप भएकोले गम्भीर ध्यानाकर्षण भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो । परिचय देखाउदा पनि मान्दैनौं, सिडिओ कार्यालयकै चाहिन्छ भन्दै कुटपिट गरेको भन्दै उहाँले स्वास्थ्य संस्थामा काम गर्न सहजरुपमा आवतजावत गर्न दिनुपर्ने बताउनुभयो । धरानमा आधारभुत स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्धन केन्द्रलमा जनस्वास्थ्य अधिकृत, हेल्थ हसिस्टेष्टलगायत ६ दर्जन बढी कार्यरत छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर