४ बैशाख, सुनसरी । सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानका क्रममा रहेका एक वर्ष कम कैद भुक्तान गर्न बाकी रहेका १४ जना कैदी र ७ जना बालक रिहा भएका छन ।
सरकारले घोषणा गरेको लकडाउनको अवधिमा कैदीहरुबाट ६ वर्ष दुई महिना कैद बराबरको रकम पाँच लाख ७८ हजार २०० रुपैँया तिरेकाले १४ जना कैदी रिहा भएको बताईएको छ ।
सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नरेन्द्रकेसरी पोखरेलका अनुसार बालबालिकाहरुको १९ मुद्धामा रिहाका लागि निवेदन आएकाले ७ जना बालबालिकाहरु रिहा गरिएको हो । गम्भिर प्रकृतिका घटनामा परेका बालबालिकाहरुलाई भने रिहा नगरिएको सुनसरी जिल्ला अदालत श्रेष्तेदार पोखरेलले जानकारी दिनुभयो ।
यसैबीच सुनसरी जिल्ला अदालत इनरुवामा लकडाउनको अवधी चैत ११ गतेदेखी बैशाख ३ गतेसम्ममा १९ अभियोग पत्रमा २ वटा पक्राउ पुर्जी, ७ वटा जरुरी पक्राउ पुर्जी र ४९ जनामा म्याद थप गरिएको अदालतका श्रेष्तेदार पोखरेलले जानकारी दिनुभयो । लकडाउन सुरु भएको चैत्र ११ देखी हालसम्म बन्दीप्रतेक्षीकरणका कुनै निवेदन नआएको जनाइएको छ ।
साथै अदालतका ८ जना न्यायधिश र ११५ जना कर्मचारीको तलबबाट ४ लाख ५ हजार रुपियाँ केन्द्रिय कोरोना राहत कोषमा जम्मा गरेको अदालतले जनाएको छ ।