चिकित्सक कुटपिट घटना सार्वजनिक, महाराजगञ्जका डीएसपी उमेशराज लम्साल छानबिनमा

४ वैशाख, काठमाडौं ।  लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

त्यहाँबाट लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो । रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानबिनका लागि रानीपोखरी बोलाइएको बताएका छन् ।

बुधबार साँझ भएको घटनाबारे छानबिनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन भएको थियो ।

समितिको प्रतिवेदनका आधारमा चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुने भनिएको थियो । तर, समितिले अनुसन्धान थाल्नु अगावै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270