कर्णाली प्रदेशमा नयाँ सरकार निर्माणको गृहकार्य

कर्णाली प्रदेशमा नयाँ सरकार निर्माणको गृहकार्य


२४ चैत्र, सुर्खेत । नेकपा (एमाले)ले कर्णाली प्रदेशमा नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा नयाँ सरकार निर्माणको गृहकार्य थालिएको हो ।

एमालेबाट सरकारमा रहेका तीनजना मन्त्रीहरुले राजीनामा दिएलगत्तै बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले आज सामुहिक राजीनामा दिनुभएको थियो । उहाँहरुले पार्टीको निर्णयलाई स्वीकार गर्दै सरकारबाट राजीनामा दिएको बताउनुभएको थियो ।

यस्तै संसदीय दलको बैठकले आफ्नो पार्टीको विधान पनि पास गरेको छ ।

एमालेले गत चैत्र ५ गते प्रदेश सरकालाई दिएको समर्थन फिर्ता लिएको थियो । अब आफ्नो पक्षमा समर्थन कायम रहेको देखाउन मुख्यमन्त्री शाहीलाई अब पाँच दिनको समयावधि बाँकी रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर