गण्डकी प्रदेशकाे हिउँदे अधिवेशन आजदेखि

गण्डकी प्रदेशकाे हिउँदे अधिवेशन आजदेखि

१६ फागुन । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ। गत असोज १२ गते अधिवेशन अन्त भएको थियो । करिब ६ महिनापछि मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्।

अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुनेछ। यस्तै, एउटा विधेयक सरकारले संसद्मा ‘टेबुल’ गर्ने छ। आमसञ्चार विधेयक र बिउ विजन सम्बन्धी विधेयक समितिमा दफावार छलफल भैसकेको छ।

प्राइभेट फार्म दर्ता सम्बन्धी विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको ३ दिन पूरा भइसकेकोले संसद्मा पेस गर्ने तयारी छ। यस्तै, मङ्गलवार सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक सरकारले संसद् सचिवालयमा दर्ता गरेको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर