ताप्लेजुङ वन कार्यालयमा गोलिया सड्दै, सूचना प्रकाशन गरेपनि किन्ने आएनन्

ताप्लेजुङ वन कार्यालयमा गोलिया सड्दै, सूचना प्रकाशन गरेपनि किन्ने आएनन्

१३ फागुन, ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाका कारण सो काठ काम नलाग्ने अवस्थामा पुगेको हो ।

कार्यालयका डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहका अनुसार लिलाम बिक्रीका लागि दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि गोलिया बिक्री नभएको हो । लिलाम बिक्रीको प्रक्रियामार्फत गोलिया काठ बिक्री गर्न खोजे पनि कसैले खरिद नगरेको कार्यालयले जनाएको छ ।

बिक्री नभएपछि कार्यालय परिसरमा रहेको एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ काम नलाग्ने गरी सड्दै गएको उहाँले बताउनुभयो ।

कार्यालयका अनुसार एक हजार ३७८ दशमलव ४४ क्युविक फिट उत्तिस र २४ दशमलव ४७ क्युविक फिट मलातो प्रजातिको काठ सड्दै गएको हो । करिब दुई वर्षअघि अवैधरूपमा कटान गरिएको अवस्थामा फेला पारी वन कार्यालयले काठ नियन्त्रणमा लिएको थियो ।

सडेको काठ प्रयोगमा नआउने र यसबाट राजस्व रकमसमेत गुमाउनुपर्ने अवस्था बनिरहेको वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270