१९ फागुन, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३ औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाबाट नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा कार्यक्रमहरु नगर सभाले सर्वसम्मत पारित गरेको छ ।
नगरसभामा नगरपालिकाले २०८०र०८१ का लागि कुल विनियोजित बजेट ८९ करोड, ७ लाख ५५ हजार मध्ये चालु खर्च तर्फ ५८ करोड, ८१ लाख, ६८ हजार खर्च भएको नगरसभामा जानकारी गराइएको थियो । त्यस्तै पुँजीगत खर्च तर्फ ३० करोड, २५ लाख ८६ हजार विनियोजन गरिएको थियो । जस मध्ये चालु २१ करोड, साठी लाख ५० हजार तथा पुँजीगत तर्फ ५८ करोड ८३ लाख ६२ जार खर्च भएको छ । उक्त खर्च चालुतर्फ विनियोजित बजेटको ३६.७२ प्रतिशत तथा पुँजिगत विनियोजित बजेटको १९.२९ प्रतिशत र कुल विनियोजित बजेटको ३०.८० प्रतिशत रहेको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले जानकारी दिए ।
नगरसभामा नगरको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखमा रहेको स्वीमिङ्ग पुल, चिल्र्डेन पार्क र पूर्व दक्षिण खाली जग्गा लिज दिइने प्रस्ताव पारित भएको छ । उक्त संरचना सहितको जग्गा २५ वर्षका लागि बार्षिक १५ लाखमा लिजमा दिइने नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले लिजमा दिएको पहिलो २ वर्ष पछि ठेक्का कबोल अंकको १५ प्रतिशतले भाडा बृद्धि गरिने र बाँकी वर्षको लागि प्रत्येक २ वर्षमा अन्तिम ठेक्काको २० प्रतिशतले बृद्धि हुँदै जाने समेत जानकारी गराए । उक्त क्षेत्रमा तीन तला भन्दा माथि पक्की संरचना बनाउन नपाउने, पर्यावरण संक्षणका लागि बोट विरुवाहरुको संरक्षण गर्नु पर्ने । लिज अवधि पुरा भइसकेपछि उक्त स्थानमा बनाइएको संरचना सबै नगरपालिकालाई हस्तान्तरण गर्नु पर्ने सर्त राखिएको समेत नगरसभामा जानकारी गराइएको थियो ।
त्यस्तै नगर सभाबाट शिवसताक्षी नगरपालिका भित्र दर्ता भई सञ्चालनमा आएका व्यापार व्यवसायहरुले विभिन्न कारण नविकरण हुन नसकेका वा नविकरण हुन नआएका व्यवसायीहरुको हकमा अब नविकरण गर्दा २०७९र०८० देखि यताको नविरकण गर्दा शुल्क लिने र त्यस अघिको शुल्क छुट गरिने प्रस्ताव पारित भएको छ । नगरसभाबाट १० ओटा प्रस्ताव पास भएको हो ।
नगरसभाबाट ११ वटा वडाका पौष मसान्त सम्म खर्च नभएका ३५ शिर्षकबाट रकम रकमान्तर गरेको छ । नगरपालिकाले कृषि, पर्यटन र पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधार, सामाजिक विकास तथा सामाजिक न्याय, मानव संसोधन विकास तथा सीप र रोजगार उन्मुख कार्यक्रमको विस्तारमा जोड दिएको छ । त्यस्तै आन्तरिक राजश्व प्रणालीमा सुधार, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सुशासन र सेवा प्रवाहमा सुधार गर्ने लक्ष्य अनुसार काम गरिएको नगरसभामा बताएको थियो ।
त्यस्तै कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उत्कृष्ट ५ कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको थियो । जसमा स्वास्थ्य चौकी धरमपुरका पुष्पलाल घिमिरे, योजना शाखाका दिननाथ लुईटेल, वडा नं. ५का सचिव विनिसा बाँस्कोटा, कार्यालय सहयोगी सञ्जय डोम र दमकल चालक हरिकृष्ण घिमिरे रहेका छन् । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले नगद जनही ७ हजार सहित सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा घर नक्शा सम्वन्धि समस्या समाधानका विषयमा समेत कुरा उठेको थियो । जसमा नगरप्रमुख थोप्राले हाल गठन भएको छानवीन समितिले छिटै छानवीनको प्रतिवेदन बुझाउने र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिए । प्रतिवेदन सार्वजनिक पश्चात यो विषय अख्यिारले पनि छानवीन गरिरहेको हुँदा सम्पूर्ण कागजात र प्रतिवेदन अतिख्यारमा पठाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।