प्रदेश

राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक मकैखेतीमा आकर्षित हुँदै झापाका किसान
२७ चैत, झापा । जिल्लाको सबैभन्दा बढी मकैखेती हुने झापा गाउँपालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् । झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या बढिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९–८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियोभने दुई लाख २५ हजार छ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो..

छोराको उद्धारको पर्खाईमा बिर्तामोडका खनाल परिवार
२७ चैत, झापा । झापा बिर्तामोड –२ बेलडाँगी दक्षिण सुकुम्बासी वस्तीका २३ वर्षीय रविन खनालको तत्काल उद्धार गरिदिन परिवारले आग्रह गरेको छ । एक सातादेखि छोराले मानसिक सन्तुल गुमाएको भन्दै उनका बुबा भोगेन्द्र खनालले उद्धार गरिदिन आग्रह गरेका हुन् । दुई महिनाअघि साउदी अरवस्थित सफारी कम्पनी पुगेका खनाल चैत १८ गतेदखी मानसिक सन्तुलन गुमाएको उनका काका रेवती खनालले जानकारी दिए । मानसिक सन्तुलनमा समस्या आएपछि उनको रेखदेख साथीहरुले गरिरहेको बुझिएको..

बिर्तामोडमा मोटरसाइकल चेरेर लैजादै गरेको अवस्थामा युवक पक्राउ
२७ चैत, झापा । झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ९ निवासी १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–८ स्थित डाँडागाँउबाट गुरुङलाई सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन कम्पनीको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको प्रहरीले..

सुकेडाँगीमा घाँस झार्न रुखमा चढेका राईको लडेर मृत्यु
२७ चैत, झापा । झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा घाँस झार्न रुखमा चढेका एक जनाको लडेर मृत्यु भएको छ । स्थानीय ५२ बर्षिय चेतबहादुर राई सिरिसको रुखमा घाँस झार्न चढ्दा आईतबार साँझ साढे ५ बजेको समयमा रुखबाट झरेर घाईते हुनुभएको थियो । घाईते राईको उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएकोमा थप उपचार गर्न अन्यत्र लैजानुपर्ने भएकोले घाईते राईलाई परिवारले जिम्मा बुझेर ल्याउदा घरमै सोही दिन राती साढे ८..

कोशी कांग्रेसको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत
२७ चैत । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । तामाङ झापाको क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित भुपेन्द्र राई थिए । उनले सो पद त्यागेपछि तामाङ मनोनीत भएका हुन् ।

इलामेली समाज दक्षिण कोरियाद्वारा ३० लाख बराबरको स्वास्थ्य सामाग्री वितरण
२६ चैत । इलामेली समाज दक्षिण कोरियाले इलाम जिल्लाका १० वटै स्थानीयतहका ग्रामीण क्षेत्रमा ३० लाख बाराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ गत वर्ष सेक्टेम्बर ३० तारिकमा समाजद्वारा ‘इलाम चियाबारी साँगीतिक धमाका २०२३’ कोरियामा आयोजना गरेको थियो । नेपाली कलाकारहरु कोरियामा लगेर सांगीतिक कार्यक्रमको गरेको यस कार्यक्रमबाट बचेको रकम जिल्लाको चार नगरपालिका र छ गाउँपालिका गरी जम्मा १० वटा स्थानीयतहमा सामाग्री पुर्याएको समाजका पुर्व..

कोशी प्रदेश माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने
२६ चैत । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केहीबेरमा उनीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको..

गण्डकीको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत जाने
२६ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत जाने भएको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय गरेको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनले असंवैधानिक तवरबाट बहुमत पुर्याएर सरकारको दाबी पेस गरेको कांग्रेसको ठहर छ । गण्डकीमा सभामुखको हस्ताक्षरसहित नेकपा (एमाले)बाट खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । त्यहाँ सरकार बनाउने बहुमत पुर्याउन ३१..

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिए शपथ
२५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र एक स्वतन्त्र (दीपक मनाङे) गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री..

विराटनगरमा निशुल्क तीन महिने ब्यूटिसियन तालिम सुरु
२५ चैत, विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु भएको छ। विराटनगरमा शनिबारदेखि उक्त तालिम सुरु भएको हो । तीन महिनासम्म संचालन हुने तालिममा ५७ जना महिलाहरुको सहभागि रहेको सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुली प्याकुरेलले जानकारी दिइन् । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सान्दर्य कला व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्तो सिपमुलक तालिमले ठूलो सहयोग पुर्याउने बताइन् ।..