बिर्तामोडको लघुउद्यम कार्यक्रम : कोशेली र गृहिणी अचार बजारमा

२५ चैत, झापा । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले सीप सिकाएका महिलाहरुले दुई वटा ब्राण्डमा अचार उत्पादन गरिरहेका छन् । बिर्तामोड नगरपालिका वडा नं. ९ मा कोशेली अचार र वडा नं. ४ मा गृहिणी अचार उत्पादन भइरहेको उद्यम विकास सहजकर्ता कल्पना शिवाकोटीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष र त्यसभन्दा अघिल्लो वर्षमा अचारको तालिम दिइएको थियो । वडामा महिलाहरुको समूह गठन गरेर ८ दिने उद्यमशिलता तालिम सञ्चालन गरिएको..

शिवसताक्षी नगरपालिकाद्वरा कृषि उपकरण वितरण

२५ चैत, झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगरभित्रका कृषकहरुलाई व्यावसायिक बनाउन कृषि उपकरण वितरण गरेको छ । शिवसताक्षी–४ को विश्वडुबा बहुउद्देश्यीय युवा कृषक समूहलाई नगरपालिकाले मकै रोप्ने मेसिन र मकै–धान कुटानी–पिसानी गर्ने एक वटा कम्बाइन मेसिन प्रदान गरेको हो । करिब १८ देखि २० हजार रुपैयाँ पर्ने ५ वटा मकै रोप्ने मेसिन र एक वटा कुटानी–पिसानी गर्ने मेसिन प्रदान गरिएको शिवसताक्षी नगर कृषि अधिकृत रविन भट्टराईले जानकारी दिनुभयो । नगर..

राप्रपाद्वरा झापाको विर्तामोडमा राँके जुलुस प्रदर्शन

२५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको विर्तामोडमा राँके जुलुस प्रदर्शन गरेको छ । राजतन्त्र पुर्नस्थापना, हिन्दु राज्य कायम गर्नुपर्ने र भ्रष्टचार अन्त्यको माग गर्दै राँके जुलुस निकालिएको विर्तामोड वडा नम्बर १ का राप्रपा अध्यक्ष जनक खड्काले जानकारी दिनुभयो । राप्रपाले विर्तामोडको मुक्ती चौक आसपासको स्थानमा राँके जुलुस प्रदर्शन गरेको हो । चैत्र २७ गते काठमाडौंमा हुने कार्यक्रमको तयारी सन्देश स्वरुप केन्द्रको निर्देशनमा विभिन्न जिल्लामा एकै साथ राके जुलुस..

काठमाडौँ महानगरपालिमा गरिब घरपरिवारको गणना सुरु

  २५ चैत । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिए । उनले भने, “बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार..

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

२५ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ । एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे..

उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट २० जनाको उम्मेदवारी दर्ता

२५ चैत । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार बिहान १० बजेदेखि ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन । मनोनयन दर्ताका लागि ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ । इलाम–२ मा नेकपा एमालेबाट..

उपनिर्वाचनका लागि कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराए

२४ चैत, इलाम । आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आठौं क्रममा मनोनयन दर्ता गराएका हुन् । पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा..

एमाले उम्मेदवार सुहाङ नेम्वाङले मनोनयन दर्ता गराए

२४ चैत, इलाम । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज..

पहिचानवादी थेगिमले उम्मेदवारी दर्ता गराए

२४ चैत, इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु थेगिमले पनि मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् । उनको मनोनयन दर्ताका क्रममा ठूलो समूह बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो साँस्कृतिक पहिरचसहित आएका थिए ।..

मदन भण्डारी राजमार्गको अनुगमन गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनाल

२४ चैत, इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको परिकल्पनामा अघि सारिएको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता पाएको छ। नेता खनालले चुरे क्षेत्रका जनताको जीवनस्तर उठाउनका लागि परी कल्पना गर्नुभएको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता लिएको खनालको निजी सचिवालयले जानकारी दिएको छ। बिहिबार राजनीतिक तथा सामाजिक कार्यक्रमको सिलसिलामा झापा(इलाम पुगेका खनालले निर्माणाधिन मदनभण्डारी राजमार्गको अर्जुनधाराबाट पाटापुर क्षेत्रको अनुगमन गर्नु भएको छ। उक्त..