प्रदेश

बिर्तामोड नगरपालिका–४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला
२ बैशाख, झापा । झापाको बिर्तामोड नगरपालिका–४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला परेकी छिन् । मेचिनगर नगरपालिका वडा नम्बर १ घर भइ बिर्तामोड बजार एरियामा दिन भरि कबाडिका सामान बटुली बिर्तामोड नगरपालिका वडा नम्बर १ अदुवा पुल नजिकै रहेको राष्ट्रिय बाणिज्य बैकको पुरानो भवनमा बस्दै आएकी देवराज राजवंशिको श्रीमती अन्दाजी ३५ बर्षकी सुनिता मडि मृत अबस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शनिवार..

हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी प्रहरीको नियन्त्रणमा
२ बैशाख । झापाको हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले गिरीलाई शनिवार साँझ नियन्त्रणमा लिएको हो । उनीविरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इप्रका अनारमनीमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव..

२०८० फर्केर हेर्दाः कोशीमा पहिचानको मुद्धाले बजार पायो
१ वैशाख, झापा । आम नेपाली २०८० साललाई बिदाइ गर्दै नयाँ वर्ष २०८१ को स्वागत गरिरहेका छन् । नयाँ वर्षको स्वागत गर्दैगर्दा कोशी प्रदेशको सत्ता राजनीतिले पनि नयाँ मुख्यमन्त्री माग गरिरहेको छ । नयाँ मुख्यमन्त्री माग गर्ने प्रदेशको सत्ता राजनीतिले २०८० भित्रै ५ मुख्यमन्त्री पायो । नयाँ निर्वाचनमार्फत आएको प्रदेश सभा अहिलेसम्म सरकार बनाउने र भत्काउनेमै सीमित भएको छ । तर, जनताको आशा, अपेक्षा र चाहना भने अर्कै छ ।..

आठमौजा छोटी भन्सार पुनः सञ्चालनमा आउने
३० चैत, झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिनुभएको हो । छोटी भन्सार कार्यालयमा कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रमुख रेग्मीले बताउनुभयो । आगामी वैशाख महिनाभित्रै आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आाउने उहाँको भनाइ छ । कोरोना महामारीपछि कार्यालय बन्द अवस्थामा छ..

झापा स्पोर्टस् अवार्ड : रोशन र त्रिशा उत्कृष्ट खेलाडी
३० चैत । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् । उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एकएक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै, लाइफ टाइम अचिभमेन्ट..

इलामको अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’
३० चैत । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्याेदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्याेदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्याेदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन शनिबार अन्तुडाँडाबाट सूर्याेदय..

मेचीनगरको इटाभट्टामा फर्निचर महोत्सव हुँदै
३० चैत । ब्यापारलाई प्रबर्द्धन गर्ने उद्देश्यले मेचीनगरको इटाभट्टामा सञ्चालित धनेश्वर फर्निचर उद्योगले झापामा पहिलो पटक फर्निचर महोत्सव गर्ने भएको छ । मेचीनगर-७ इटाभट्टामा १२ वर्षयता संचालनमा आएको उद्योगले जिल्लामै पहिलो पटक फर्निचर महोत्सवको तयारी गरिएको बिहीबार पत्रकारसमक्ष जानकारी गराएको छ । फर्निचर महोत्सवमा २५ देखि ३० प्रतिशत छुटको ब्यवस्थासँगै मेचीनगरभित्र ढुवानी सेवा दिइने धनेश्वर फर्निचर उद्योगका प्रोपाइटर मुना मण्डलले जानकारी दिए । उनका अनुसार आफ्नो उद्योगमा निर्मित सबै फर्निचर..

कांग्रेस महामन्त्री गगन थापा इलाम २ का गाउँ गाउँ घुम्दै
२९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम २ का गाउँ घुम्दैछन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन् । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन् । गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भन्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गरे । त्यसक्रममा उनले अहिलेको परिस्थितिमा उचाल्नेभन्दा पनि सम्हालेर लानेको..

गण्डकीमा भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ पुर्याइदै
२९ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर १२ पुर्याउने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय रहेकोमा दलहरुबीच भागबण्डा पुर्याउन १२ मन्त्रालय बनाउने तयारी गरिएको हो । सरकारका प्रवक्ता हरिबहादुर चुमानका अनुसार मंगलबार बसेको मन्त्रपरिषद्को बैठकले मन्त्रालय थप्ने निर्णय गरेको र सो निर्णय संघमा सिफारिस गरिएको छ । मुख्यमन्त्री अधिकारी माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा चैत २५ मा मुख्यमन्त्री नियुक्त..

सुदूरपश्चिममा नाउपाबाट मुख्यमन्त्री बन्दै
२९ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो । नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ । सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् । यस अघि ७ सांसद रहेकोमा अध्यक्ष रञ्जिताले आफ्नो निर्देशन नमानेको भन्दै इन्दिरा गिरीलाई फिर्ता बोलाएकी..