२८ चैत, विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले वैशाख ६ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् ।
कोशी प्रदेश सभाको सम्पूर्ण सदस्यको एक चौथाई भन्दा बढी प्रदेशसभा सदस्यहरुको चैत १६ गतेको लिखित अनुरोधमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।