२८ चैत, झापा । झापाको अर्जुनधारा–८ स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आयोजित दुई दिने सहकारी शिक्षा तालिम कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
संस्थामा आबद्ध शेयर सदस्यहरुलाई सहकारीका विभिन्न निती बारे जानकारी गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाकी व्यवस्थापक पम्फादेवी विश्वकर्माले जानकारी दिनुभयो ।
सहजकर्ता बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्व अधिकृत डिल्ली दाहालले सहजिकरण गरेको तालिममा ५५ जना शेयर सदस्यको सहभागिता रहेको बताइएको छ ।
सहभागीमध्ये नीशा अधिकारीले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा सहजकर्ता दाहाल, श्रद्धा कृषि सहकारी संस्थाका अध्यक्ष छविलाल शिवाकोटी, संस्था सल्लाहकार समितिकी संयोजक सरस्वती सिटौला गोले, अग्रज पत्रकार दिपीन राईलगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षता र नेपाल सुपारी खेती विकास संस्थाकी कोषाध्यक्ष चन्द्रकला भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वागत सचिव डम्बरकुमारी सत्यालले गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक विश्वकर्माले गनुभएको थियो ।