२ भाद्र, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा उत्रिनुभएको छ । तीन दिनका लागि गृह जिल्ला आउनुभएका ओली १२ बजे चन्द्रगडी बिमानस्थल उत्रिनुभएको हो ।
आजको पहिलो कार्यक्रम कचनकवलस्थित बनियानीको पार्टी प्रबेश र कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तयारी छ ।
अध्यक्ष ओली साउन ४ गतेसम्म जिल्लाका एक दर्जन कार्यक्रममा सहभागी भइ काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।