निर्वाचन आयोगमा २१ दल दर्ता

निर्वाचन आयोगमा २१ दल दर्ता


२६ श्रावण, काठमाण्डौँ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् ।

आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् ।

अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ ।

आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर