टाउकाको मोल तोक्ने देउवा र बम हान्ने प्रचण्डले एमाले हराउन नक्कली मीत लगाएः ओली

२५ कार्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफ्ना कार्यकर्ता मार्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँधमा लिएर हिँडेको टिप्पणी गरेका छन् । झापा सुरुंगााको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसका चार–पाँच सय कार्यकर्ता माओवादीले मारेको थियो । अहिले त्यही माओवादी काँधमा बोकेर हिँडेको छ । शेरबहादुरलाई बम हालेको थियो धन्न बचेका थिए । प्रचण्डलाई बोक्न लेखेको रहेछ बचे । काँधमा बोक्न लेखेको ।’ उनले शेरबहादुर देउवा..

उम्मेद्ववारको मृत्यु भएपछि मोरङ ३ (क)मा काँग्रेसका मानबहादुर लिम्बूले उम्मेदवारी दिए

२५ कार्तिक, मोरङ । मोरङ क्षेत्र नम्बर ३ (क) को प्रदेशसभाका लागि नेपाली काँग्रेसका तर्फबाट बेलबारी ८ निवासी मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।..

एमालेले जहाँ टेक्यो त्यहाँ विकास भयोः ओली

२५ कार्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी दाबी गरेका छन् । झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य–मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’ चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि..

माओवादी अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास

२३ कार्तिक, काठमाण्डौँ । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ । पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको हो । मंगलबार सुर्खेत विमानस्थलमा अवतरण गरी नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्कालाई लिएर जुम्ला जाने कार्यतालिका रहे पनि प्रतिकुल मौसमका कारण प्रचण्ड सवार हेलिकप्टर सल्यान पुगेको थियो..

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

५ असोज, काठमाढडौँ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन्। ओली निकट स्रोतले सेतोपाटीलाई दिएको जानकारी अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए। बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले..

शीतल निवासको ‘बोल्ड डिसिजन’ले नयाँ राजनीतिक द्वन्द्व सुरु

५ असोज, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै देशमा नयाँ राजनीतिक द्वन्द्व सुरु भएको छ । एकथरिले राष्ट्रपतिको निर्णयले संविधानको गम्भीर उल्लंघन भएको भन्दै आपत्ति जनाइरहेका छन् भने अर्काथरिले देश र राष्ट्रियताको पक्षमा राष्ट्रपतिले संविधानभन्दा माथि उठेर साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् । नेपालको संविधानअनुसार संसदको दुवै सदनबाट पहिलोपटक पारित भएर आएको विधेयक चित्त नबुझे राष्ट्रपतिले फिर्ता पठाउन सक्छिन् । तर, दोस्रोपटक पारित..

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको प्रदर्शन

५ असोज, काठमाण्डौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ । आज बिहान त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएको खुसीयालीमा प्रदर्शन गरेको हो । उनीहरुले गठबन्धन सरकार चाहिदैन, नागरिकता बेच्न पाइदैन भन्दै नागरिकता विधेयक प्रतिमा जलाएका थिए । प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट दुईदुई पटक पास भएको उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण न गरेको हो ।  

एमालेले समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली भोलि तयार गर्ने

१ असोज, काठमाण्डौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ । आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा तीन वटा निर्णय भएको जानकारी दिए । महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरुका बारेमा जानकारी गराएका..

प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम दिन जसपा र लोसपाका पाँच सांसद एमालेमा

१ असोज, काठमाण्डौँ । प्रतिनिधिसभा र प्रदेशसभाको आयु सकिन एक दिन अगाडि मधेस प्रदेशकी जसपा सांसद डा.रीना यादव केपी ओलीको हातबाट टीका लगाएर नेकपा एमालेमा प्रवेश गरिन् । जसपा केन्द्रीय सदस्यसमेत रहेकी यादव तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद थिइन् । पार्टी विभाजनपछि उनी उपेन्द्र यादव नेतृत्वको जसपामा थिइन् । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता सन्जिव झा लगायतसँगको छलफलपछि उनी एमालेमा प्रवेश गरेकी हुन् । पछिल्लो समय युवा..

एमाले पोलिटब्युरो बैठक आज बस्दै

९ भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकले चुनावी तयारी तथा आसन्न केन्द्रीय कमिटीको बैठकको लागि एजेण्डा तय गर्नेछ । गत मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेण्डा तयार पार्नेछ । १२ गते..