राजनीति

शेरधन राईद्धारा एमालेको सचिव पदमा उम्मेदवारी दिने घोषणा
९ मंसिर, काठमाण्डौँ । प्रदेश १ का पुर्व मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । पूर्व मुख्यमन्त्री राईले सचिवमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो । अनेरास्ववियुमने विद्यार्थी राजनीतिबाट आउनुभएका नेता राईले चार कार्यकाल जिल्ला अध्यक्ष हुँदै नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिनुभएको थियो । पोलिब्टुयरो सदस्य समेत रहनुभए नेता राई..

एमाले महाधिवेशनः चार मुलुकका राजनीतिक दल सहभागि, २५ मुलुकका दलले शुभकामना सन्देश पठाए
९ मंसिर, काठमाण्डौँ । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा चार मुलुकका राजनीतिक दलले भौतिकरुपमै सहभागिता जनाउने भएका छन् । यस्तै २५ मुलुकका दलले शुभकामना सन्देश पठाएका छन् । एमाले विदेश मामिला विभागले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै चितवनमा भोलिदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन आउने विदेशी पाहुनाबारे जानकारी गराएको हो । चार मुलुकका ८ वटा राजनीतिक दलका १५ पाहुनाले महाधिवेशमा भाग लिने विभागले जनाएको छ । दक्षिण छिमेकी भारतबाट सत्तारुढ..

प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिदै
३० कार्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुंदै छ । गत कार्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त हुनुभएका राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिनुहुने छ । आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ । बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । सोमबार सत्तारुढ पाँच दलिय..

सुरक्षा घेरा तोडेदै अदालतको मुल गेटमा वकिलहरुको धर्ना सुरु
२७ कार्तिक, काठमाण्डौँ । नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वाेच्च अदालत अगाडि प्रदर्शन सुरु गरेको छ । वकिलहरु प्रहरीको सुरक्षा घेरा तोडेदै अदालतको मुल गेटमा धर्ना दिईरहेका छन् । सुरुक्षा घेरा तोड्ने क्रममा केहीबेर वकिल र प्रहरीको धकेलाधकेल भएको थियो ।

मन्त्री नभए दाम्लो चुडाउनेहरु धेरै भएः मुख्यमन्त्री राजेन्द्र राई
२७ कार्तिक, काठमाण्डौँ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताउनुभएको छ । आज शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे धारणा राख्दै मन्त्तालय संख्या बढाउने योजना र सहमति भएको जानकारी गराउनुभएको हो । ‘सबै पार्टीमा मन्त्री बन्ने आकांक्षीहरु धेरै छन्,’ उहाँले भन्नुभयो, ‘अरु पार्टीमा दाम्लो चुडाउने प्रवृत्ति छ, हाम्रो पनि त्यस्तो नभएको होइन ।’ राम्रा मन्त्री..

एमालेले आज देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै
२७ कार्तिक, काठमाण्डौँ । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनका लागि आज शनिबार देशभरबाट प्रतिनिधि चुनिदैछन् । एमालले संगठित सदस्य संख्याका आधारमा देशभर एकै दिन एक हजार नौँ सय ९९ प्रतिनिधिहरू चयन गर्न लागिएको हो । उनीहरुले नै महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् । एमाले अध्यक्ष केपी शर्माले प्रतिनिधि छनोट उच्च समझदारीमा गर्न आह्वन गर्नुभएको छ । हिजो शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम..

रोकिएको कांग्रेस अधिवेशन आजदेखि सुरू, १० जिल्लामा वडा अधिवेशन हुँदै
२७ कार्तिक, काठमाण्डौँ । नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आजदेखि सुरू हुँदैछन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार आज शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू सुरु भएका छन् । आज १० जिल्लामा वडा अधिवेशन हुँदैछ । कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा पर्सा, सर्लाही र रसुवामा आज अधिवेशन नहुने समितिले जनाएको छ । समितिका अनुसार आज शनिबार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा र रौतहटमा वडा..

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस
२६ कार्तिक, काठमाण्डौँ । नेकपा एमाले निकट अनेरास्ववियुले आज साँझ मसाल जुलुस निकालेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुले मसाल जुलुस निकालेको हो । अनेरास्ववियुले निरन्तर रुपमा भइरहेको मूल्य वृद्धिलाई अत्याचारको पराकाष्ठ भन्दै भनेको छ, ‘यस्ता जनविरोधी कदमको अनेरास्ववियु घोर भत्सना गर्दै श्रृंखलाबद्ध रुपमा भइरहेको मूलय वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’ नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा..

गृहमन्त्रीलाई फोन ‘आधा घण्टाभित्र सर्वाेच्च अदालतबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’
२६ कार्तिक, काठमाण्डौँ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वाेच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् । नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले आज शुक्रबार सर्वाेच्च अदालतको मूल गेटमा नै धर्ना दिईरहेका छन् । धर्नाकारीहरुलाई रोक्न सर्वाेच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसप्रति आपत्ति जनाउँदै वरिष्ठ अधिवक्ता कार्कीले धर्ना..

नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश दोस्रो गेटबाट अदालत छिरे
२६ कार्तिक, काठमाण्डौँ । नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वाेच्च अदालतभित्र प्रवेश गर्नुभएको छ । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिर्नुभएको हो । बारका वकिलहरुले सर्वाेच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, प्रधानन्यायाधीश भने अर्को प्रवेश द्वारबाट छिर्नुभएको हो । सो द्वारमा प्रहरीले कडा सुरक्षा दिएर आन्दोलनकारीलाई आउन दिएका थिएनन् । प्रधानन्यायाधीशलाई सर्वाेच्च प्रवेशमा रोक्ने वकिलहरुको प्रयास असफल भएको छ । उनीहरु अहिले सर्वाेच्चको..