राजनीति
गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दै, सीट बाँडफाँटमा सकस
७ भाद्र, काठमाण्डौँ । । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि गठबन्धनका शीर्ष नेतासहितको बैठक आज पुनः बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकले सीट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए । सीट बाँडफाँटका लागि कांग्रेस नेता..
उपेन्द्र यादवले बोली फेरेः मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन नदिएको दाबी
७ भाद्र, काठमाण्डौँ । । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन आफूले निर्देशन नदिएको दाबी गरेका छन् । साथै उनले aराउतलाई हटाउने योजना नभएको पनि बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)का अनुसार आज बिहान जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले भनेका छन्, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन । मुख्यमन्त्रीलाई त्यस्तो..
एमाले बहुपहिचान सहितको प्रदेश नामाकरणको पक्षमा छः हिक्मत कार्की
५ भाद्र, झापा । । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पुर्व आन्तरीक मामिला मन्त्री हिक्मत कार्कीले नेकपा एमाले वहुपहिचान सहितको प्रदेश नामाकरणको पक्षमा रहेको बताउनुभएको छ । आज झापाको दमकमा पत्रकारहरु संग भेटघाट गर्दै उहाँले एमाले प्रदेश १ संसदीय दलले प्रदेश नामको विषयमा कुनै पनि प्रस्तावित निर्णय नगरेको बताउनुभएको हो । ‘एमाले बहुपहिचानलाई स्विकार गरेर निर्वाचन लड्ने, घोषणा पत्रमा लेख्ने तर प्रदेश नामाकरणमा भने बहुपहिचान सहितको..
माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, वर्षमान र जनार्दन उपमहासचिव
४ भाद्र, काठमाण्डौँ । पदाधिकारी चयनको निकै रस्साकस्सीपछि अन्ततः देव गुरुङ नेकपा माओवादी केन्द्रको महासचिव बनेका छन् । राष्ट्रिय महाधिवेशन सकिएको ८ महिनासम्म माओवादीले पदाधिकारी टुंगो लगाउन सकेको थिएन । वर्षमान पुन र जनार्दन शर्माको सशक्त दाबेदारीका कारण महासचिव चयनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सकस परिरहेको थियो । त्यही भएर शर्मा र पुन दुवैलाई उपमहासचिवमा राखेर प्रचण्डले तेस्रो विकल्पको रूपमा गुरुङलाई अघि सारेका छन् । गुरुङको जन्म मनाङ नासोङ गाउँपालिका..
पदाधिकारी टुंगो लगाउन माओवादीलाई सकसः आज पनि बैठक बस्दै
४ भाद्र, काठमाण्डौँ । पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज शनिबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ । यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन बोलाइएको बैठक निष्कर्षविहीन सकिएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन सकेको थिएन । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर..
तीन दिनका लागि एमाले अध्यक्ष ओली झापामा
२ भाद्र, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा उत्रिनुभएको छ । तीन दिनका लागि गृह जिल्ला आउनुभएका ओली १२ बजे चन्द्रगडी बिमानस्थल उत्रिनुभएको हो । आजको पहिलो कार्यक्रम कचनकवलस्थित बनियानीको पार्टी प्रबेश र कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तयारी छ । अध्यक्ष ओली साउन ४ गतेसम्म जिल्लाका एक दर्जन कार्यक्रममा सहभागी भइ काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।
चुलाचुलीका जनप्रतिनिधीले भ्रम फैलाएको भन्दै युवा संघ र अखिलको आपत्ती
२७ श्रावण, इलाम । चुलाचुली गाउँपालिकाका जनप्रतिनिधीले निर्माणधिन मदन भण्डारी राजमार्गको बिषयमा भ्रम फैलाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आपत्ती जनाएको छ । झापाको शान्तीनगरबाट सुरु भएर चुलाचुली हुँदै डढेलधुराको रुपनीमा टुंगिने राजमार्ग चुलाचुलीको केही भाग मात्र छुवाएर लौजान यस क्षेत्रका संघिय प्रतिनिधी सभा सदस्यले चलखेल सुरु गरेको भनेर चुलाचुली गउँपालिकाका प्रवक्ता वविन राईले लेखेको स्टाटसले यथार्थ भन्दा बाहिर पुर्वाग्राही भएर भ्रम पुर्ण सुचना सम्प्रेषण गरेको भन्दै युवा..
निर्वाचन आयोगमा २१ दल दर्ता
२६ श्रावण, काठमाण्डौँ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल..
निर्वाचन तयारीका लगि एमाले सचिवालय बैठक बस्दै
२६ श्रावण, काठमाण्डौँ । आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो । बैठकले पोलिटब्युरो..
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु
२२ श्रावण, काठमाण्डौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा श्रावण १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज श्रावण २२ गते देखि श्रावण ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७