पदाधिकारी टुंगो लगाउन माओवादीलाई सकसः आज पनि बैठक बस्दै

पदाधिकारी टुंगो लगाउन माओवादीलाई सकसः आज पनि बैठक बस्दै


४ भाद्र, काठमाण्डौँ । पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज शनिबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ ।

यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन बोलाइएको बैठक निष्कर्षविहीन सकिएको थियो । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन सकेको थिएन । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र शनिबारको बैठकले यस विषयलाई टुंग्याउने बताउनुभएको छ ।

माओवादीमा वर्षमान पुन र जनार्दन शर्माले महासचिव पदमा आकांक्षा राखेसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफ्ठ्यारोमा पर्नुभएको छ । माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी टुङ्ग्याउन सकेको छैन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर