एमाले बहुपहिचान सहितको प्रदेश नामाकरणको पक्षमा छः हिक्मत कार्की

एमाले बहुपहिचान सहितको प्रदेश नामाकरणको पक्षमा छः हिक्मत कार्की


५ भाद्र, झापा । । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पुर्व आन्तरीक मामिला मन्त्री हिक्मत कार्कीले नेकपा एमाले वहुपहिचान सहितको प्रदेश नामाकरणको पक्षमा रहेको बताउनुभएको छ । आज झापाको दमकमा पत्रकारहरु संग भेटघाट गर्दै उहाँले एमाले प्रदेश १ संसदीय दलले प्रदेश नामको विषयमा कुनै पनि प्रस्तावित निर्णय नगरेको बताउनुभएको हो ।

‘एमाले बहुपहिचानलाई स्विकार गरेर निर्वाचन लड्ने, घोषणा पत्रमा लेख्ने तर प्रदेश नामाकरणमा भने बहुपहिचान सहितको नाममा किन अनुदार बनेको ?’ भन्ने पत्रकार नितेश राईको प्रश्नमा नेता कार्कीले एमाले बहुपहिचानकै पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयोः ‘प्रदेश नामाकरणको विषयमा हामी बहुपहिचान सहितको नाममा सकारात्मक छौँ । हामीले बहुपहिचानलाई आत्मसाथ गरेर नै निर्वाचन लडेका थियौँ । हामीले अहिलेसम्म प्रदेशको नाम यो वा त्यो भनेर कुनै निर्णय गरेका छैनौँ । सवैलाई समेट्ने र द्वन्द ननिम्तिने प्रदेशको नाम राख्न एमाले तयार छ ।’
प्रदेश १ को नाम ‘कोशी’ प्रस्ताव गर्ने एमाले संसदिय दलको निर्णय पनि नभएको उहाँले दावि गर्नुभयो ।

साथै उहाँले यो कार्यकालमा प्रदेशको नामाकरण सम्भव नभएकोे पनि बताउनुभयो । उहाँले प्रदेश १ सरकारले यसमा चासो नराखेको आरोप लगाउदैँ सम्भावना टरेको बताउनुभयो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर