चुलाचुलीका जनप्रतिनिधीले भ्रम फैलाएको भन्दै युवा संघ र अखिलको आपत्ती

चुलाचुलीका जनप्रतिनिधीले भ्रम फैलाएको भन्दै युवा संघ र अखिलको आपत्ती

२७ श्रावण, इलाम । चुलाचुली गाउँपालिकाका जनप्रतिनिधीले निर्माणधिन मदन भण्डारी राजमार्गको बिषयमा भ्रम फैलाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आपत्ती जनाएको छ । झापाको शान्तीनगरबाट सुरु भएर चुलाचुली हुँदै डढेलधुराको रुपनीमा टुंगिने राजमार्ग चुलाचुलीको केही भाग मात्र छुवाएर लौजान यस क्षेत्रका संघिय प्रतिनिधी सभा सदस्यले चलखेल सुरु गरेको भनेर चुलाचुली गउँपालिकाका प्रवक्ता वविन राईले लेखेको स्टाटसले यथार्थ भन्दा बाहिर पुर्वाग्राही भएर भ्रम पुर्ण सुचना सम्प्रेषण गरेको भन्दै युवा संघ र अखिल चुलाचुलीले आपत्ती जनाएका हुन् ।

युवा संघ र अखिलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘इलाम क्षेत्र नं. २ का सांसद, पुर्व सभामुख मा. सुवास नेम्वाङ ज्युको विशेष पहलमा भौतिक पुर्वधार तथा यातायात मन्त्रालयले मिति २०७९–४–६ गते चुलचुली ५ को रतुवा खोला देखी चुलाचुली १ को कमल खोलासम्मको सेक्सनका लागी सडक उच्चस्तरीय कालो पत्रेको लागि बोलपत्र आव्हान गरिसकेको छ । तर चुलाचुलीका केही जिम्मेवार जनप्रतिनिधीहरुले भने वास्तविकतालाई मोडेर यस क्षेत्रका संघिय सांसदमाथी हिलो छ्याप्ने प्रयास गरेको हामीले सहसुस गरेका छौँ । अत चुलाचुलीका जिम्मेवार पदमा रहेका जनप्रतिनिधीहरुलाई अझै जिम्मेवार बन्न र भ्रम नफैलाउन राष्ट्रिय युवा संघ नेपाल चुलाचुली गाउँ कमिटी र अनेरास्ववियु चुलाचुली गाउँ कमिटी हार्दिकका साथ अनुरोध गर्दछ । साथै यस्ता ‘भ्रम’ र निर्वाचन लक्षित ‘प्रोपोगण्ड’मा विश्वास नगर्नुहुन पनि आम चुलाचुलीवासी आमा–वुवा दाजु–भाई तथा दिदि–वहिनीहरुलाई सचेत गराउद छौँ ।’
उनिहरुले जारी गरेको विज्ञप्तिमा इलाम क्षेत्र नं. २ बाट निर्वाचित सांसादले नभएर इलामबाट निर्वाचित अन्य सांसदले सत्ताको दुरुपयोग गरी निर्माणधिन राजमार्गको रुट परिवर्तन गर्न खोजेको बताईएको छ । चुलाचुलीमा केही दिन अघि बसेको सर्वोदलिय बैठकमा पनि बाहीरका सांसदले चलखेल गर्न खोजेको भनेर छलफल भएको उल्लेख गरिएको छ । तर सामाजिक संन्जालमा भने इलाम क्षेत्र नं. २ का सांसद लक्षित गरेर गाउँपालिका प्रवक्ता राईले सुचना सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर