बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

२० पोैष, काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बुधबार साँझ सुरु भएको बैठकमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । बैठकमा न्यूनतम साझा कार्यक्रम निर्माण, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सरकार गठनका लागि राष्ट्रपति सँग थप समय माग्ने गठबन्धनको तयारी

९ पैष, काठमाण्डौँ । सत्तारुढ गठबन्धनले सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग थप समय माग्ने तयारी गरेको छ । संविधानले धारा ७६ (२) अनुसार राष्ट्रपतिले दिएको समय भोलि सकिँदै छ । सो समयभित्र गठबन्धनले सरकार बनाउन सहमति जुटाउन नसक्ने भएपछि थप समय माग्ने तयारी गरेको हो । संविधानले प्रतिनिधिसभा सदस्यको परिणाम आएको एक महिनाभित्र गठनको आह्वान गर्न भनेको छ । सोही अनुसार गठबन्धनले राष्ट्रपतिबाट पाएको १० दिनको समय भोलि सकिँदै..

देश मध्यावधि निर्वाचनमा जाने सम्भावना बढ्योः एमाले अध्यक्ष ओली

९ पैष, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् । प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै ओलीले अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने बताएका हुन् ।..

दुई महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिदै, वहालवालको तयारी के छ ?

  २६ मंसिर, काठमाण्डौँ । निर्वाचन सकिएर नयाँ सरकार गठनको होमवर्क भइरहँदा देशका प्रमुख दुई सम्मानित पदहरू पनि रिक्त हुँदै छन् । आगामी दुई महिनाभित्र देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउने छ । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । उक्त धाराको उपधारा ३ मा निर्वाचन मण्डलको तत्काल कायम रहेको..

जनताको अदालतबाट हामीले मुक्ति पाइसकेका छौँ तर राज्यले सम्बोधन गरेको छैनः रेशम चौधरी

२६ मंसिर, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसदमा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार छ सय ९६ मत प्राप्त गरेको छ । यही मंसिर ४ गते..

यो निर्वाचन नेकपा एसको अग्निपरिक्षाः चौथो दल बन्ला त ?

१ मंसिर, काठमाण्डौँ । नेकपा एमालेबाट विद्रोह गरेर पहिलोपटक नेकपा एस प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिँदैछ । सो पार्टी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनको आडमा चुनाव लडेको थियो । गठबन्धनकै सहयोगमा पोखरा महानगर र हेटौंडा उपमहानगरको नेतृत्वमा जितेर चार लाख २२ हजार ७३७ मत ल्याएको थियो । स्थानीय तह निर्वाचनमा गठबन्धनले धोका दिएको भन्दै अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत नेताहरु असन्तुष्ट बनेका थिए..

भोट तान्न सास्तो चुनावी वाचाः जिताएर पठाए मन्त्री बनाउने

१ मंसिर,, काठमाण्डौँ । चुनाव प्रचारका लागि निर्वाचन आयोगले अनुमति दिएयता प्रमुख दलका शीर्ष नेताले देशदौडाहमा छन् । यस्तोमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगाडि छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन जिल्ला–जिल्ला पुगेर उनीहरु भाषण गरे । यस क्रममा आफ्ना उम्मेदवारका पक्षमा मतदाता तान्न उनीहरुले अनेकन कुरा बोले । यसमध्ये ‘आफनो उम्मेदवारलाई जिताएर पठाएमा..

मेरो पहिलो प्राथमिकता पुर्वाधार विकाशः राम राना (भिडियो सहित)

२९ कार्तिक, काठमाण्डौँ । नेकपा एमालेका तर्फबाट इलाम क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेद्धवार बनेका राम रानाले आफ्नो प्रमुख प्राथमिकता पुर्वाधार विकाश भएको बताएका छन् । प्रदेश १ का पुर्व भूमि, व्यवस्था तथा कृषि मन्त्री समेत रहेका उनले इलाम २ (ख)को विकाशका लागि पहिलो आवश्यक्ता भनेको सडक सञ्जाल, विजुलीवत्ती, खानेपानी लगायत रहेको बताएका हुन् । कार्यक्रम जनसरोकारमा कुरा गर्दै उनले भौतिक पुर्वधारको विकाशले नै इलाम २ (ख)को भौगोलिक..

गण्डकी प्रदेशः थापासँगको टक्करले मन्त्रीबाटै बर्खास्त

२९ कार्तिक, काठमाण्डौँ । गण्डकी सरकारका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त भएका छन् । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री र कानूनमन्त्रीलाई असहयोग गरेको र विरोधमा उत्रिएको जानकारीपछि उहाँलाई हटाइएको होः स्रोतले भन्यो । उनी सरकारका प्रवक्तासमेत थिए । प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । खड्काको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी आफैँले लिएर मुख्यमन्त्रीले जिम्मेवारी हेरफेर गरेका..

प्रदेश–१ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्छुः सुवास नेम्वाङ

२५ कार्तिक, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रदेश १ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्ने बताउनुभएको छ । इलाम क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्धवार समेत रहनुभएका उहाँले इलामको लारुम्वामा चुनावी सभालाई सम्वोधन गर्र्दै प्रदेश १ को नाम किरात–सगरमाथा राख्न आफु तयार रहेको र आउँदो समयमा पहल गर्ने उहाँले बताउनभएको हो । किरात धर्मलम्वीहरुको पवित्रस्थल लारुम्वामा पुगेर नेता नेम्वाङले भन्नुभयो ‘प्रदेश १ को नामाकरण अहिलेसम्म हुन..