दक्षिण कोरियाली संसदीय चुनावमा राष्ट्रपति मुनको पार्टी विजयी

दक्षिण कोरियाली संसदीय चुनावमा राष्ट्रपति मुनको पार्टी विजयी

४ बैशाख, काठमाडाै । कोरोना भाइरस(कोभिड–१९) को प्रकोपबीच दक्षिण कोरियामा सम्पन्न भएको संसदीय चुनावमा राष्ट्रपति मुन जाए इनको पार्टी विजयी भएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा सत्तारुढ डेमोक्रेटिक पार्टीले ३ सयमध्ये १६३ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ। गठबन्धनमै रहेको अर्को प्ल्याटफर्म पार्टीले १७ सिट जित्ने र डेमोक्रेटिक पार्टीले १८० सिटसहित सरकार चलाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सत्तारुढ गठबन्धनमा रहेकाे अर्को पार्टी प्लेटफर्म पार्टीले १७ सिट जित्ने अनुमान गरिएको छ । यससँगै सत्तारुढ गठबन्धनको राष्ट्रिय सभामा स्पष्ट बहुमत पुग्न सक्ने बताइएको छ । विपक्षी पार्टी युनाइटेड फ्युचर पार्टीले भने निर्वाचनमा एक सय तीन सिट जित्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसविरुद्ध सरकारले चालेको कदमले पनि दक्षिण कोरियामा सत्तारुढ डेमोक्रेटिक पार्टीले स्पष्ट बहुमत ल्याएकाे अनुमान गरिएकाे छ । याे नतिजासँगै दक्षिण काेरियामा १६ वर्षपछि वामपन्थी पार्टीले स्पष्ट बहुमत पाएको हाे ।

प्रतिक्रिया:

सम्बन्धित खवर