नेकपा स्थायी कमिटी बैठक भोलि विहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने

नेकपा स्थायी कमिटी बैठक भोलि विहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने

२४ वैशाख, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि विहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको छ ।

अहिले सचिवालय बैठक जारी छ । स्थायी कमिटी बैठकको स्थान र समयबारे आज विहान भएको अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्तामा समझदारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बैठकको समय र स्थानबारे सम्पूर्ण स्थायी कमिटी सदस्यहरूलाई जानकारी आइसकेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताउनुभयो ।

नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो ।

नेकपा स्थायी कमिटी बैठक गत मंसिर अन्तिममा एक सातासम्म बसेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर