२२ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्को अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको छ ।
अस्ति शनिबारको सचिवालय बैठकपछि प्रचण्ड पहिलोपटक प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।
स्रोतका अनुसार उहाँहरु विच अहिले भेटवार्ता जारी छ ।
हिजोमात्रै प्रचण्ड र नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल विच भेटवार्ता भएको थियो ।
शनिवारको नेकपा सचिवालयको बैठक अनुसार आउदो सचवालय बैठक वैशाख २४ गते साँझका लागि तय गरिएको छ । यस्तै वैशाख २५ गते विहान ११ बजेका लागि स्थायी कमिटीको बैठक समेत तय गरिएको छ ।