प्रतिष्ठामा आँच पुर्याउने अभिव्यक्ति आएको भन्दै प्रमाणित गरेर देखाउन खेलकूदमन्त्रीको चुनौति

प्रतिष्ठामा आँच पुर्याउने अभिव्यक्ति आएको भन्दै प्रमाणित गरेर देखाउन खेलकूदमन्त्रीको चुनौति


२६ जेष्ठ, काठमाण्डौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एकजना सांसदले आफ्नो प्रतिष्ठामा आँच पुरयाउने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिलाई प्रमाणित गर्न चुनौति दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालय माथी सांसद्हरुले उठाएहो प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

‘व्यक्तिको इज्जत, प्रतिष्ठा, इमान र छबिलाई बिना आधार कसैलाई धमिल्याउने छुटकसैलाई छैन । विना प्रसंगका विषय जोडेर कुनै मन्त्रीलाई विवादमा तान्न खोज्नु हुदैन ।’ उहाँले भन्नुयो–‘सार्वभौम संसदको यो रोष्टममा उभिरहँदा आज म अत्यन्तै गम्भीर र दुःखी छु । एकजना माननीय सदस्यले पर्सा वीरगञ्जको नारायणी रंगशालाका बारेमा बोल्दै गर्दा ‘माननीय मन्त्री ज्यूलाई एन्फाले पनि बढा माया गरेको छ । सुन्नमा आएको छ कि १७ करोड रुपैयाँ एन्फाले पनि उहाँलाई दिएको छ भनेर भन्नुभयो । माननीय ज्यूले के भन्न खोज्नुभएको हो ? आसय के थियो ? माननीय ज्यूले नै स्पष्ट गर्नुपर्याे । म सम्मानीय सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु ।’

उहाँले आफुले कोही कसैबाट एक रुपैयाँ नलिएको भन्दै आफुमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन ती सांसदलाई चुनौति दिनुभयो । यदी प्रमाणीत गरेर देखाए आफू सदाका लागी राजनीतिबाट सन्यास लिने पनि उहाँले बताउनुभयो ।

उहाँले एन्फा एकेडेमी स्थापनाका लागि भएको कामबारे आफुलाई औपचारिक जानकारी सम्म नभएको स्पष्ट पार्नुभयो । ‘कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको भेडाबारी भन्ने स्थानमा एन्फाले एकेडेमी स्थापना गर्न खोज्दैछ । फिफाका प्रतिनिधिहरु आएर धेरै ठाउँहरुमध्ये त्यो ठाउँलाई छनौट गरेको हुँदा १७ करोड बराबरको लागतको योजना एन्फाको बैकठले स्वीकृत गरिसकेको छ भन्ने सुनेको छु ।’ उहाँले भन्नुभयो–‘यसको पनि कुनै आधिकारिक जनानकारी मन्त्रालयलाई प्राप्त भएको छैन । यो प्रसंग हो भने मेरो कुनै गल्ती र कमजोरी त भएन नि ?’

प्रतिक्रिया:

सम्बन्धित खवर