अर्को बर्ष नेपालको झण्डा फहराउँदै जयनगर–जनकपुर रेल गुड्छः यातायात मन्त्री नेम्वाङ

अर्को बर्ष नेपालको झण्डा फहराउँदै जयनगर–जनकपुर रेल गुड्छः यातायात मन्त्री नेम्वाङ

२६ जेष्ठ, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले आगामी आर्थिक वर्ष २०७७/०७८ मा नेपालको झण्डा फहराउँदै जयनगर–जनकपुर रेल गुड्ने जिकिर गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले आफ्नो मन्त्रालय माथी उठाएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले काठमाडौं केरुङ, काठमाडौं रक्सौल रेलमार्ग डिपिआर तयारका लागि छिमेकी मुलुक भारत र चीनसँग सम्झौता गरेर अगाडि बढाइएको जानकारी दिनुभयो ।

‘आउने वर्ष २०७७/७८ भित्र नेपालको झण्डा फहर्याएर जयनगरबाट जनकपुर रेल सञ्चालन गर्ने जानकारी गराउँदै त्यसमा आवश्यक रकम विनियोजन गरेको जानकारी गराउन चाहन्छु ।’ उहाँले भन्नुभयो– ‘पूर्वपश्चिम रेलमार्ग निर्माणको कामलाई निरन्तरता दिँदै काँकडभिट्टादेखि इनरुवा खण्डका लागि बजेट विनियोजन गरिएको छु । २ वटा रेल निर्माण भई खरिद प्रक्रिया पनि पूरा गरिसकेका छौँ ।’

उहाँले अघिल्लो वर्षको तुलनामा यो वर्ष आफ्नो मन्त्रालयलाई २२ अर्ब कम बजेट आएको जानकारी गराउनुभयो । उहाँले बजेट वितरण गर्दा प्रादेशिक सन्तुलनलाई ध्यान दिइएको बताउँदै चालू आर्थिक वर्षमा रहेका आयोजनालाई सञ्चालन गर्नुपर्ने भएकोले सांसदहरुको माग अनुसार बजेटमा नयाँ आयोजना समावेश गर्न नसकेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270