राजनीति

नेकपा सचिवालय बैठक सम्पन्नः पार्टीको विवाद अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय
३ श्रावण, झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय गरेको छ । आज दिउँसो ३ बजेदेखि साझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो । आजको छलफल राम्रोसँग भएको छ । तर विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने सहमति भएको..

पार्टी विवादबारे प्रदीप ज्ञवाली भन्छन्ः धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ !
३ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले पार्टीभित्र जारी विवादका कारण देशैभरिका नेता तथा कार्यकर्ता, पार्टी सदस्इ र समर्थक शुभचिन्तकहरु अत्यन्त चिन्तित रहेको बताउनुभएको छ । भर्खरै सुरु भएको समृद्धिको यात्रा कतै दुई दिनको जुनेली, फेरि उहीँ अँध्यारो रात भनेझैं हुने त होईन ? भन्ने प्रश्नले पनि सिंगो देशलार्य पिरोलिरहेको उहाँको टिप्पणी छ । सामाजिक संञ्जाल फेशबुकमार्फत ज्ञवालीले पार्टी विवादबारे आफ्नो..

संसदीय दलमा बहुमत कायम गर्न ओलीको कसरत
३ श्रावण, काठमाण्डौँ । नेकपाको विवाद धुरीमा पुगेको बेला केपी ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत कायम गर्ने प्रयास जारी राखेको छ । बालुवाटारमा विभिन्न सांसदहरुलाई बोलाएर छलफल गर्ने क्रम जारी छ । दुवै पक्षले केही साता अघि नै सांसदहरुको हस्ताक्षर गराइसकेका छन् । केही सांसदले दुईतिर हस्ताक्षर गरेका छन् भने केहीले दुवैतिर गरेका छैनन् । आखिर, स्थायी कमिटीमा करीब दुईतिहाई बहुमत रहेको प्रचण्ड–माधव नेपाल समूह किन केपी ओलीको हठ..

कुर्सी भाँचिदिने प्रधानमन्त्री ओलीको चेतावनी !
३ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सीमित नेताहरुलाई मात्र थाहा भएको एउटा प्रसंग छ, जसले असार १० बाट शुरु भएको स्थायी कमिटी बैठक ‘न मरीजाने, न गरीखाने’ अवस्थामा र्पुयाइदिएको थियो । प्रसंग हो, स्थायी कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले बहुमत पक्षका नेताहरुलाई दिएको कडा चेतावनी । आफूलाई प्रधानमन्त्री वा अध्यक्षबाट गलहत्याएर निकाले कुर्सी भाँच्दिन्छु, हात छाडे (कुनै एक्सन लिए) उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु भनेर प्रधानमन्त्री ओलीले..

नेकपा सचिवालय बैठक आज बस्दै
३ श्रावण, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टीको आन्तरिक विवाद समाधानका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको हो । सरकारका क्रियाकलाप तथा पार्टी एकताका बाँकी प्रक्रियामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको छ । नेकपाको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी..

आज बस्ने नेकपा स्थायी समिति बैठकमा ओलीको राजिनामा नमागिने
२ श्रवाण, काठमाण्डौँ । स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक निर्णय गर्न असफल भएपछि विवादित विषयको निरुपण गर्ने जिम्मा केन्द्रीय समितिमा लैजाने तयारी भएको हो । आज बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने र त्यहीँबाट समस्याको समाधान निकाल्न शीर्ष नेताहरु तयार भएको एक सचिवालय सदस्यले जानकारी..

दाहाल–नेपाल–खनाल भन्दा ओली तीन कदम अगाडी
१ श्रवाण, झापा । नेपाल कम्युनिस्ट पार्टीभित्र २० दिनयता बल्झिएको विवादको अझै टुंगो लाग्न सकेको छ । सहमति निकाल्न अनेकन प्रयास भएपनि निस्किएको छैन । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटार पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई सकेको गर्न चुनौती दिदै कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेको स्रोतले जानकारी दिएको छ । यसले फेरि टकराव बढाएको छ । स्रोतका अनुसार, प्रचण्ड र नेपाल..

ओली र दाहाल आ–आफ्नो अडानमा टसमसः भोलीका लागि बैठक डाकियो
१ श्रवाण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक भएका भेटवार्ताले विवाद हल गर्ने ठोस सहमति निकाल्न सकेको छैन् । गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेपछि विवाद चुलिएको हो । तर, ओलीले आफूले दुवै पदबाट कुनैपनि हालतमा..

भारतले नेपाललाई सांस्कृतिक रुपमा पनि अतिक्रमण गर्योः प्रधानमन्त्री ओली
३० असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले भन्दै आएको अयोध्या गलत भएको तर्क गर्दै वास्तविक अयोध्या नेपालमा भएको बताउनुभएको छ । अयोध्या नै नेपालमा भएको भन्दै राम पनि भारतीय नभएको बताउनुभएको छ । उहाँले अयोध्या वीरगञ्जको पश्चिमतर्फको ठोरीमा भएको र राम पनि त्यहींको भएको बताउनुभएको हो । सोमबार २०७ औं भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा भानुभक्तको बीर्खे टोपी लगाएका उहाँले..

भारतले बनाएको एकतर्फी बाधका कारण तराई क्षेत्र डुबानमा पर्छः गृहमन्त्री थापा
२९ असार, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताउनुभएको छ । आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपाललाई असर पुग्नेगरी बाँध बनाउनु एक किसिमको हस्तक्षेप भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतले एकतर्फी रुपमा बाँध बनाएको छ । बाँध बनाएपछि त्यसको निकास पनि दिनुपर्छ, उनीहरुले आफ्नो हितमा रहेर बाँध बनाएका छन् ।’ मन्त्री थापाले..