राजनीति
नेकपाको दुर्घटना टर्यो, कार्यदलले भोलीबाट काम सुरु गर्ने
३० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको पहिलो बैठक भोली शनिबार बस्ने भएको छ । आज अध्यक्षद्धय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा पार्टीमा देखा परेका विवाद समाधान गर्न उपायसहितको लिखित सुझाव तयार गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा नेताहरु भिम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल रहेको कार्यदल गठन गरिएको हो । कार्यदल संयोजक..
थापागाउँमा प्रचण्डको ब्रिफिङ ‘ठोस प्रस्ताव आएको छैन ।’
३० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गर्नुभएको छ । काठमाडौंको थापागाउँस्थित एक कलेजमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठसहित आफ्नो समूहनिकट प्रदेश ५ का करिब २० जना केन्द्रीय सदस्यसँग वालुवाटार भेटवार्ताबारे व्रिफिङ गरेको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । महासचिव विष्णु पौडेलले सहमतिका लागि भन्दै केही डकुमेन्टहरु पेश गर्नुभएको थियो । त्यसमा..
बालुवाटार बैठक सकेर प्रचण्ड–नेपाल समुह थापागाउँमा गुटको छलफलमा
२९ श्रावण, काठमाण्डौँ । बालुवाटारमा ओली र प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता छुट्टै छलफलमा जुटेका छन् । काठमाडौको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफु निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल सुरु गरेका हुन् । स्रोतका अनुसार सोे छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठको सहभागीता छ । छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको..
ओली र प्रचण्डबीच चार घण्टा लामो छलफल, सहमतीको प्रयास जारी
२९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टादेखि जारी वार्ता सम्पन्न भएको हो । सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार दुई नेताकोबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ ।..
सीमा विवाद दुईपक्षीय कूटनीतिक पहलबाट समाधान गर्न सकिन्छ–गृहमन्त्री थापा
काठमाडाै । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेपाल–भारत सीमा विवाद दुईपक्षीय समझदारी र कूटनीतिक पहलबाट समाधान गर्न सकिने बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा उनले परराष्ट्र मन्त्रालयले दुई पक्षीय छलफलमार्फत समस्या समाधान गर्न सक्ने बताएका हुन् । सीमा सुरक्षासम्बन्धी विशेष व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ । संसदीय समितिले पनि स्थलगत निरीक्षणलगायत काममार्फत समस्या हल गर्न लाग्नुपर्ने उनले बताए । उनले भने, “हामी सबैले चौतर्फी रुपमा..
‘जसपा’ले प्रधानमन्त्रीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै खेद प्रकट
२७ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ । प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त अशिष्टभाषा र दिवालियापन भन्दै निन्दा गरेको छ । जसपाका केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही श्रावण २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख थियो । त्यसको दुई दिनपछि..
नेकपाको दुर्घटना रोक्न ६१ सांसद्ले गरे पत्रकार सम्मेलन
२५ श्रावण, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुर्घटना रोक्न सांसद्हरुले अपिल गरेका छन् । पार्टी नफुटोस् भन्दै नेकपाबाट विर्वाचित ६१ जना सांसद्हरुले आज सिंहदरबारमा पत्रकार सम्मेलन नै गरेका छन् । सम्मेलनमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट पाँच दर्जनभन्दा बढी सांसदको सहभागिता रहेको थियो । स्रोतका अनुसार यज्ञराज सुनुवार, विशाल भट्टराई, रामकुमारी झाँक्री, सुरेश राई, गणेश पहाडी,..
कोरोनाको ओखती फेला पर्ला तर नेकपाको ओखती नपाइने भो !–गोकुल बाँस्कोटा
२४ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्रको झगडाको ओखती काठमाडौंमा नपाईने टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो बताउनुभएको हो । उहाँले ट्विटरमा लेख्नुभएको छः–‘२०५४को झझल्को पो आउन थाल्यो त नेकपामा ! बरु कोरोनाको ओखती फेला पर्ला ! नेकपाको झगडाको ओखती कमसेकम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ..
नवप्रवेशीको आडमा शक्ति संञ्चय गर्दे देउवा
२४ श्रावण, काठमाण्डौँ । नेपाली काँग्रेसमा १४औं महाधिवेशनको मिति तय भएसँगै सुरु भएको आन्तरिक रस्साकस्सी जारी छ । श्रावण १० गते यता स्थानीय तहको पार्टी संगठन क्रियाशील सदस्यता वितरण र नवीकरणमा कांग्रेस लागिपरेको छ । महाधिवेशनका लागि शक्ति संञ्चयको होडबाजी चल्दैगर्दा शीर्ष नेताहरुको कार्यकर्ता फकाउने आ–आफ्नै रणनीति छ । सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति अख्तियार गरेको पाइन्छ भने संस्थापन इतर पक्ष देउवालाई असफल सिद्ध गरेर महाधिवेशनमा आफूलाई विकल्पको रुपमा..
नारायणकाजीलाई वामदेवको सुझावः पार्टी फुटको पीडा मलाई थाहा छ, फुट्नु हुन्न !
२४ श्रावण, काठमाण्डौँ । हिजो (शुक्रबार) साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई उहाँकै निवास भैंसेपार्टीमा भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ पुग्नुभयो । श्रेष्ठले नेकपा विवाद समाधानका विषयमा कुराकानी गर्नुभयो । उहाँले ओलीको राजीनामाको दबाब बलियो बन्दै जाँदा यताउता नहुने गौतमलाई आग्रह गर्नुभयो । गौतमको असन्तुष्टिबारे पनि बुझ्न खोज्नुभयो । स्रोतका अनुसार श्रेष्ठ अध्यक्ष प्रचण्डसँग कुरा गरेर गौतम निवास पुग्नुभएको थियो । तर, गौतमले आफू ६ बुँदे प्रस्तावबाटै सहमति निकाल्नुपर्ने..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७