संस्थापन ईतरको चर्को विरोधका वावजुत पनि विभाग विस्तारको अन्तिम तयारीमा देउवा

१९ श्रावण, काठमाण्डौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विभाग गठन र विस्तारको तीव्र गृहकार्य गरिरहेको छ । सातवटै प्रदेशका प्रतिनिधिले विभागका पदाधिकारी र सदस्यको नामावाली सङ्कलन गरी पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । प्रदेश–१ बाट ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश–२ बाट आनन्द ढुङ्गाना, बागमती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठ, प्रदेश–५ बाट बालकृष्ण खाँण, कर्णाली प्रदेशबाट जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट एनपी साउदलाई नामावली छनोटको जिम्मेवारी दिएका थियो..

बालकोट पुगेर ओलीको शन्देश ‘पाँच वर्षसम्म सरकार ढल्दैन’

१९ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास बालकोटबाट पुनः बालुवाटार फर्किएका छन् । आज मध्यान्ह सरकारी निवास बालुवाटारबाट बालकोट गएका ओली त्यहाँ एक घण्टा बिताएर फर्किएका हुन् । उनले बालकोटमा सो घरमा हाल बस्दै आएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटा र सांसद महेश बस्नेतसँग छलफल गरेको स्रोतले बताएको छ । बाँस्कोटा र बस्नेत ओलीको विश्वासपात्र मानिन्छन् । आजै बिहान बालुवाटारमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच..

ओली–दाहालबीच भेटवार्ता सम्पन्न, आज पनि कुरा मिलेन

१९ श्रावण, काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता बिना निश्कर्ष टुँग्गिएको छ । नेकपानिकट स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक देखिएको छैन् । दुवै अध्यक्षले आ–आफ्नो अडान कायम राखेका छन् । अध्यक्षद्धय ओली र दाहालसँगै आजको छलफलमा पनि बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका..

नेकपा कुनैपनि हालतमा फुट्दैनः सुवास नेम्वाङ

१९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाउनुभएको छ । नेकपा कुनैपनि हालतमा नफुट्नेसमेत उहाँको दाबी छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनमा कुरा गर्दै नेता नेम्वाङले यस्तो बताउनुभएको हो । हिजो अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको वार्ता पनि सकारात्मक भएको उहाँले बताउनुभयो । अध्यक्षद्धयबीचको छलफल र संवादले नै नेकपाको विवाद..

तीन दिनपछि नेकपा अध्यक्षद्वयबीच छलफल सुरु

१८ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन दिनको अन्तरालपछि छलफल पुनः सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल सुरु भएको हो । एकपक्षीय रुपमा प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेपछि गत साता प्रचण्डको अध्यक्षतामा स्थायी समिती बैठक बसेको थियो । सो अवधिभर अध्यक्षद्वयबीच भेटवार्ता भएको थिएन । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दुई नेताबीच आज पुनः छलफल सुरु..

बामदेव गौतमबाट धोका भएको प्रचण्ड-माधव समुहको निष्कर्ष

१८ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरीक विवाद्धलाई तत्काका लागि समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले प्रस्ताव गरेको ६ बुंदे प्रस्ताव स्विकार्य नरहेको प्रचण्ड–माधव नेपाल समुहले बताएका छन । प्रचण्ड र माधव नेपाल आन्तरिक छलफल गर्दै भावी रणनीति तय गर्न लागेका छन् । राजीनामा माग्ने समुहका उपाध्यक्ष बामदेव गौतम ‘यु टर्न’ भई ओलीलाई फाइदा हुने गरी प्रस्तुत भएपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीति..

कम्युनिस्ट सरकारले कामको ‘मेसो’ नै पाएनन्ः रामचन्द्र पौडेल

१७ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले कामको मेसो नै नपाएको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डले केही गर्न नसकेको भन्दै आफू भएको भए मुलुकका लागि कायापलट हुने गरी काम गर्न सक्ने बताउनुभएयो । मौका पाउने हो भने आफूले..

वामदेवको ६ बुँदे प्रस्तावले नेकपामा झन् ‘धुर्वीकरण’

१६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीका दुईजना अध्यक्षसमक्ष ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा झन् धुर्वीकरण बढाएको छ । नेकपाभित्र देखिएको शक्ति संघर्ष अन्त्यका लागि भन्दै उपाध्यक्ष गौतमले अघि सारेको प्रस्तावले अन्ततः पार्टीमा ध्रुवीकरण बढाएको हो । श्रावण १३ गते प्रचण्डको अध्यक्षतामा स्थायी कमिटीको बैठक बस्नुअघि वामदेव गौतमले ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा गुटगत राजनीति झन् सक्रिय भएको छ । १३ गते बसेको स्थायी..

केन्द्रीय कमिटी बैठकको माग गर्दे नेकपा अध्यक्षद्धयलाई पत्र

१४ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सय ५२ जना केन्द्रीय सदस्यले लिखित रुपमा केन्द्रीय कमिटी बैठकको माग गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक निष्कर्ष विहिनताको अवस्थामा रहेको समयमा केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ–‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी..

सरिता गिरीको सिटमा लिलादेवी सिटौलाले सपथ खाईन्

१४ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सभामुख अग्नि सापकोटाबाट सपथ लिनुभएको छ । सभामुखले आज दिउँसो १ बजे समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउनुभएको हो । गत असार २३ गते जनता समाजवादी पार्टीले पार्टीको ह्वीप नमानेको भन्दै तत्कालिन सांसद सरिता गिरीलाई पार्टी र सांसद् पदबाट हटाईदिएको थियो ।