३० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गर्नुभएको छ ।
काठमाडौंको थापागाउँस्थित एक कलेजमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठसहित आफ्नो समूहनिकट प्रदेश ५ का करिब २० जना केन्द्रीय सदस्यसँग वालुवाटार भेटवार्ताबारे व्रिफिङ गरेको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
महासचिव विष्णु पौडेलले सहमतिका लागि भन्दै केही डकुमेन्टहरु पेश गर्नुभएको थियो । त्यसमा यो कार्यकालभर केपी ओली नै प्रधानमन्त्री हुने, पार्टीको कार्यकारिणी अधिकार प्रचण्डले लिने भन्ने प्रस्ताव आएको प्रचण्डले ब्रिफिङमा भन्नुभएको थियो ।
‘अहिलेसम्म कमजोरी भएकै हो । त्यसमा आत्मालोचना गर्ने र अब हुने नियुक्तिहरु पार्टीको निर्णयमा मात्रै गर्ने भन्ने प्रस्तावहरु आए । तर ठोस प्रस्ताव आएको छैन ।’ ओली संगको बैठकमा कुरा भएको भन्दै प्रचण्डले बताउनुभएको थियो ।