राजनीति
नेकपा कुनैपनि हालतमा फुट्दैनः सुवास नेम्वाङ
१९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाउनुभएको छ । नेकपा कुनैपनि हालतमा नफुट्नेसमेत उहाँको दाबी छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनमा कुरा गर्दै नेता नेम्वाङले यस्तो बताउनुभएको हो । हिजो अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको वार्ता पनि सकारात्मक भएको उहाँले बताउनुभयो । अध्यक्षद्धयबीचको छलफल र संवादले नै नेकपाको विवाद..
तीन दिनपछि नेकपा अध्यक्षद्वयबीच छलफल सुरु
१८ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन दिनको अन्तरालपछि छलफल पुनः सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल सुरु भएको हो । एकपक्षीय रुपमा प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेपछि गत साता प्रचण्डको अध्यक्षतामा स्थायी समिती बैठक बसेको थियो । सो अवधिभर अध्यक्षद्वयबीच भेटवार्ता भएको थिएन । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दुई नेताबीच आज पुनः छलफल सुरु..
बामदेव गौतमबाट धोका भएको प्रचण्ड-माधव समुहको निष्कर्ष
१८ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरीक विवाद्धलाई तत्काका लागि समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले प्रस्ताव गरेको ६ बुंदे प्रस्ताव स्विकार्य नरहेको प्रचण्ड–माधव नेपाल समुहले बताएका छन । प्रचण्ड र माधव नेपाल आन्तरिक छलफल गर्दै भावी रणनीति तय गर्न लागेका छन् । राजीनामा माग्ने समुहका उपाध्यक्ष बामदेव गौतम ‘यु टर्न’ भई ओलीलाई फाइदा हुने गरी प्रस्तुत भएपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीति..
कम्युनिस्ट सरकारले कामको ‘मेसो’ नै पाएनन्ः रामचन्द्र पौडेल
१७ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले कामको मेसो नै नपाएको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डले केही गर्न नसकेको भन्दै आफू भएको भए मुलुकका लागि कायापलट हुने गरी काम गर्न सक्ने बताउनुभएयो । मौका पाउने हो भने आफूले..
वामदेवको ६ बुँदे प्रस्तावले नेकपामा झन् ‘धुर्वीकरण’
१६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीका दुईजना अध्यक्षसमक्ष ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा झन् धुर्वीकरण बढाएको छ । नेकपाभित्र देखिएको शक्ति संघर्ष अन्त्यका लागि भन्दै उपाध्यक्ष गौतमले अघि सारेको प्रस्तावले अन्ततः पार्टीमा ध्रुवीकरण बढाएको हो । श्रावण १३ गते प्रचण्डको अध्यक्षतामा स्थायी कमिटीको बैठक बस्नुअघि वामदेव गौतमले ल्याएको ६ बुँदे प्रस्तावले पार्टीमा गुटगत राजनीति झन् सक्रिय भएको छ । १३ गते बसेको स्थायी..
केन्द्रीय कमिटी बैठकको माग गर्दे नेकपा अध्यक्षद्धयलाई पत्र
१४ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सय ५२ जना केन्द्रीय सदस्यले लिखित रुपमा केन्द्रीय कमिटी बैठकको माग गरेका छन् । एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक निष्कर्ष विहिनताको अवस्थामा रहेको समयमा केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ–‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी..
सरिता गिरीको सिटमा लिलादेवी सिटौलाले सपथ खाईन्
१४ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सभामुख अग्नि सापकोटाबाट सपथ लिनुभएको छ । सभामुखले आज दिउँसो १ बजे समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउनुभएको हो । गत असार २३ गते जनता समाजवादी पार्टीले पार्टीको ह्वीप नमानेको भन्दै तत्कालिन सांसद सरिता गिरीलाई पार्टी र सांसद् पदबाट हटाईदिएको थियो ।
माधव नेपालको ‘अडान’ले नेकपाको विवाद जहाँको–त्यही !
१४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र सहमति निर्माणका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । उनी हिजो साँझ आफै उपाध्यक्ष बामदेव गौतमको निवास पुगेर डिनरसहितको छलफल गरे । गौतमले नेकपामा सहमतिका लागि छ बुँदे प्रस्ताव अगाडि सारेपछि उत्साही भएका ओलीले त्यसमा सहमतिको सन्देश पनि दिएका छन् । उनले सहमतिका लागि आफू लचिलो बन्न तयार भएको भन्दै गौतमलाई एकतावद्ध भएर बढ्ने माहोल तयार गर्न समेत..
वामदेव संगको ‘डिनर’पछि ओलीलाई राहत
१४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी नै पुगेका छन् । उनी हिजो साँझ श्रीमती राधिका शाक्यसहित गौतम निवास पुगेको बालुवाटार स्रोतले जनायो । वामदेव निवासमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमसहित महासचिव विष्णु पौडेलपनि सहभागी भएका थिए । प्रधानमन्त्रीको सचिवालयले यो भेटवार्तालाई पारिवारिक भेटवार्ता भनेपनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिएको अवस्था र आफूविरुद्ध..
नेकपा दुर्घटना नजिकः प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु
१३ श्रावण, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक सुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बैठक सुचारु गरेको स्रोतले जनाएको छ । यसअघि दाहालले प्रधानमन्त्री तथ अध्यक्ष ओलीसँग भेट गरेको पनि स्रोतले बताएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा ओलीसहित उनी..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७