नेकपामा महाधिवेशनको चर्चाः प्रचण्ड सहमतिको बिन्दु खोज्दै !

२ भाद्र, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीमा एकता महाधिवेशनको चर्चा चलेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन घोषणालाई सहमतिको एउटा बिन्दुका रुपमा लिएको बुझिएको छ । त्यसै अनुसार विवाद समाधानको खाका तयार गरिरहेको कार्यदलले महाधिवेशनको विषयलाई समेत समेटेर छलफल गरिरहेको छ । स्रोतका अनुसार नेकपाभित्र एकता महाधिवेशन घोषणा भएमा सहमतिबाट महाधिवेशन प्रतिनिधि चयनको विषय उठेको छ । पूर्व माओवादीको तर्फबाट तल्लो..

तपाईंहरु समस्या सृजना गर्ने समाधान गर्न नसक्ने ? कार्यदल किन ?–बामदेव गौतम

१ भाद्र, काठमाण्डौँ । ‘तपाईंहरु आफै समस्या सृजना गर्ने आफै समाधान गर्न नसक्ने ?’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले उठाउनुभएको प्रश्न । विवाद समाधान गर्न गठित कार्यदलप्रति असहमती जनाउदै गैतमले असन्तुष्टि ब्यक्त गर्नुभयो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्वका कारण समस्या सृजना भएको भन्दै गौतमले दुबै जना बसेरै समस्याको निकास निकाल्नुपर्ने बताउनुभयो । नेकपाका एकजना सचिवालय सदस्यका अनुसार गौतम निकै कडा ढंगले..

संवैधानिक नियुक्तिको सकसः १५ पदको बार्गेनिङमा काँग्रेस

१ भाद्र, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच संवैधानिक आयोगका रिक्त पदाधिकारी र सदस्यको नियुक्तिका सम्बन्धका छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकसँग संवैधानिक आयोगमा नियुक्तिका सन्दर्भमा छलफल गर्नुभएको थियो । यसअघि उक्त विषयमा..

ओली–मोदी फोन संवादको तारतम्य !

१ भाद्र, काठमाण्डौँ । पाँच वर्षअघिको भारतीय नाकाबन्दीमा राजनीतिक कारण थियो । अहिले विश्वव्यापी महामारी कोरोनाको प्रकोप छ । यस्तो अवस्थामा नक्सा र राम जन्मभूमि अयोध्या बारे उसलाई जति रिस उठेपनि नाकाबन्दीको हदसम्म जान नसक्ने विश्लेषण गरिएको छ । मानवीय दृष्टिकोणबाट पनि भारत यसपटक विगतमाझैँ नाकाबन्दीको हदमा जाँदैन भनिएको छ । उसले निर्यातजन्य वस्तुमा करलगायतको विषय उठाएर अप्ठेरो पार्ने योजना बनाएपनि महामारीमा त्योसमेत मानवीय दृष्टिकोणले उपयुक्त नभएको भन्दै त्यत्तिकै पन्छाएको..

कांग्रेस सभापतिमा कस्ले बाजी मार्लान् ? शिर्ष नेताहरुको आ–आफनै तयारी !

१ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने बताउनुभएको छ । उहाँले अब आफू पार्टी र देश हाँक्नका लागि तम्तयार भएको समेत बताउनुभयो । ‘म शेरबहादुरजीलाई सभापतिमा पराजित गर्न सक्छु,’ सिंहले पत्रकार ऋषि धमलासँग भन्नुभयो, ‘अब शेरबहादुरजीको नेतृत्वमा पार्टी चल्दैन, म नेपाली काँग्रेसलाई प्रभावशाली टिम दिनसक्छु ।’ देउवाको विकल्प दिन पार्टी सभापतिमा सबै आकांक्षीहरु मिलेर जानुपर्नेमा सिंहको जोड..

सिमा विवाद समाधान गर्ने बाटो खुल्योः कलम थापा

३२ श्रावण, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तालाई स्वागत गुर्नभएको छ । अध्यक्ष थपाले लामो समयदेखिको सम्वादहीनता अन्त्य हुनु सकारात्मक भएको पनि टिप्पणी गगर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले दुई देशका प्रधानमन्त्रीबीच यसरी सम्वाद हुनुलाई सकारात्मक र स्वागतयोग्य बताउँदै अब सिमा विवादलगायत छिपक्षीय हितका सबै विषय समाधान गर्ने वार्ताको बाटो..

कम्युनिष्टको अधिनायकवाद विरुद्ध जनताले कांग्रेसलाई सडकमा बोलाईरहेको छः कृष्णप्रसाद सिटौला

३० श्रावण, झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिस्ट सरकारले काम गर्न नसकेको बताउनुभएको छ । वर्तमान कम्युनिष्ट सरकारले नेपाली जनताको लागि नभई केवल कम्युनिष्टहरुका लागि मात्रै काम गरिरहेको उहाँको भनाई छ । आज गृहजिल्ला झापाको क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकामा पार्टीको गाउँ समितिले आयोजना गरेको नवप्रवेशीहरुको स्वागत तथा अगुवा कार्यकर्ताहरुको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौँलाले यस्तो बताउनुभएको हो । कोरोना महामारी पछि उत्पन्न परिस्थितिमा वर्तमान सरकार..

नेकपाको दुर्घटना टर्यो, कार्यदलले भोलीबाट काम सुरु गर्ने

३० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको पहिलो बैठक भोली शनिबार बस्ने भएको छ । आज अध्यक्षद्धय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा पार्टीमा देखा परेका विवाद समाधान गर्न उपायसहितको लिखित सुझाव तयार गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा नेताहरु भिम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल रहेको कार्यदल गठन गरिएको हो । कार्यदल संयोजक..

थापागाउँमा प्रचण्डको ब्रिफिङ ‘ठोस प्रस्ताव आएको छैन ।’

३० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गर्नुभएको छ । काठमाडौंको थापागाउँस्थित एक कलेजमा प्रचण्डले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नरायणकाजी श्रेष्ठसहित आफ्नो समूहनिकट प्रदेश ५ का करिब २० जना केन्द्रीय सदस्यसँग वालुवाटार भेटवार्ताबारे व्रिफिङ गरेको सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । महासचिव विष्णु पौडेलले सहमतिका लागि भन्दै केही डकुमेन्टहरु पेश गर्नुभएको थियो । त्यसमा..

बालुवाटार बैठक सकेर प्रचण्ड–नेपाल समुह थापागाउँमा गुटको छलफलमा

२९ श्रावण, काठमाण्डौँ । बालुवाटारमा ओली र प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता छुट्टै छलफलमा जुटेका छन् । काठमाडौको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफु निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल सुरु गरेका हुन् । स्रोतका अनुसार सोे छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठको सहभागीता छ । छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको..