‘जसपा’ले प्रधानमन्त्रीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै खेद प्रकट

‘जसपा’ले प्रधानमन्त्रीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै खेद प्रकट

२७ श्रावण, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त अशिष्टभाषा र दिवालियापन भन्दै निन्दा गरेको छ ।

जसपाका केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही श्रावण २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख थियो ।

त्यसको दुई दिनपछि आज बिहान प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस वक्तव्य जारी गर्दै जनता समाजवादी पार्टीको विज्ञप्तिमा प्रधानमन्त्रीप्रति प्रयोग गरिएको भाषा निन्दनीय भएको उल्लेख गर्नुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर