२५ श्रावण, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुर्घटना रोक्न सांसद्हरुले अपिल गरेका छन् । पार्टी नफुटोस् भन्दै नेकपाबाट विर्वाचित ६१ जना सांसद्हरुले आज सिंहदरबारमा पत्रकार सम्मेलन नै गरेका छन् ।
सम्मेलनमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट पाँच दर्जनभन्दा बढी सांसदको सहभागिता रहेको थियो ।
स्रोतका अनुसार यज्ञराज सुनुवार, विशाल भट्टराई, रामकुमारी झाँक्री, सुरेश राई, गणेश पहाडी, एलपी साँवालगायतको उपस्थिति रहेको थियो ।
करिब दुईतिहाई मतदान नेकपालाई दिएर विजयी बनाएका नेपाली जनताका सपना साकार बनाउन लाग्नु पर्ने ऐतिहासिक जिम्मेवारीलाई भुलेर नेपाल कम्युनिष्ट पार्टीको शिर्ष नेतृत्वतहमा देखा परेको गम्भिर अन्तरविरोधले आम नेपाली जनता र कार्यकर्ताहरु मर्माहत भएको भन्दै शिर्घ एकताको सुत्रमा बाँधिन अपिल गरे ।
पत्रकार सम्मेलनमा वितरित अपिलमा भनिएको छ–‘दुई ठूला पार्टीहरुको एकता प्रकृया पूरा नहुँदै विग्रहतिर जाने सम्भावना बढेर गएको छ ।’