राजनीति

बामदेव गौतम भन्छन्ः ‘मसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत छ’
७ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूहरुको समुह यथावत स्थानमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले पार्टी हितका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल र आफूसमेतको समुह एक भएर मजबुत अवस्थामा रहेको बताउनुभएको हो । पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले समुह छाडेर अर्का अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन थालेकोबारे सोधिएको प्रश्नमा त्ये हल्ला मात्र भएको बताउनुभयो ।..

नेकपा स्थायी समिति बैठक सम्पन्नः उद्धार र राहतमा खटिने निर्णय
६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको बताइएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओली उपस्थित हुनुहुन्नथ्यो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताउनुभयो..

नेकपाको स्थायी समिति बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित
६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित रहेका छन् । स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक सुरु भएको बताउनुभयो । नेकपाभित्रको विवादका कारण यसअघि पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र..

नेकपा स्थायी समिति बैठक १ बजे पछि बस्ने
६ श्रावण, काठमाण्डौँ । आज(मंलवार) ११ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मध्यान्न १ बजे सम्मका लागि सरेकोे छ । यसअघि आइतबार ११ बजे बस्ने तय भएको स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्ने जानकारी आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको कुराकानीपछि ११ बजेको बैठक २ घण्टा पछि सारिएको हो । नेकपामा आन्तरिक किचलो बढेपछि..

प्रचण्डले बोलाएको भेला समय सान्दर्भिक नभएको लेखराज भट्टको टिप्पणी
६ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उद्योगमन्त्री लेखराज भट्टले हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पूर्व माओवादी केन्द्रतर्फका स्थायी कमिटी सदस्यहरुको भेलामा आफू नगएको स्पष्ट पारेका छन् । तर आफू र पार्टी अध्यक्ष दाहालबीच बाहिर चर्चा भएजस्तो सम्बन्ध नचिसिएको र र पानी बाराबारको अवस्थापनि नरहेको पनि बताएका छन् । उनले उक्त भेलालाई समय सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । उनले..

प्रचण्ड ‘खेमा’को भेलामा गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट गएनन्
५ श्रावण, काठमाण्डौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूनिकट स्थायी समिति सदस्यसँग छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा भएको भेलामा पूर्वमाओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरू उपस्थित थिए । तर गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने छलफलमा सहभागी भएनन् । स्रोतका अनुसार पूर्वमाओवादीहरू छिन्नभिन्न भएको भन्दै प्रचण्डले स्थायी समिति सदस्यलाई खुमलटार बोलाएका हुन् । पूर्वमाओवादी पक्षीय केही स्थायी समिति सदस्यहरू प्रचण्ड र..

ओली–प्रचण्डबीच साढे २ घन्टा छलफलः विवादको चुरो जहाँको त्यही !
४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ । दुई अध्यक्षबीच आइतबार साँझ झन्डै साढे दुई घन्टा कुराकानी भएको थियो । ओलीसँग कुरा गर्न प्रचण्ड सवा ४ बजेतिर बालुवाटार पुगेका थिए भने पौने ७ बजे बाहिरिएका थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने विस्तृत विवरण आइसकेको छैन । यसअघि शनिबार प्रचण्डले ओलीसँग विवाद..

कांग्रेस सांसद ज्वारचनद्धारा शपथ ग्रहण
४ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले पद तथा गोपनियताको शपथ लिनुभएको छ । गुल्मीकी ज्वारचनले आज संघिय संसद्का सभामुख अग्निप्रसाद सापकोटासमक्ष शपथ लिनुएको हो । ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाएको हो । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो । सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः..

ओलीका अस्त्रहरु घेराबन्दी तोड्न विफलः महाधिवेशनको कार्ड मान्य छैन-प्रचण्ड
४ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् । उनले ओलीले गरेको ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नरहेको आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा स्पष्ट पारेका हुन् । ‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन । सहमति बिनै..

राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्षद्धयको भेट, माधव नेपाल रुष्ट
४ श्रावण, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार साँझ भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला हिजो सचिवालय बैठकसमेत बसेको थियो ।..